“दोलखाको चम्किलो तारा”

भीम दहाल

चारैतिर सन्नाटा छाएको छ । कोइलिको कुहु कुहु, न्याउलीको न्याउ, न्याउ र गौाथलीको चिरविर चिरविर……….. । दृष्यमा देखिन्छ । समाजनै मसानघाटमा परिणत हुदैछ । कोलाहल र चिच्याहट टाढा टाढाको सुनिन्छ । कहिकतै २०७२ सालको भुकम्प जस्तै प्रलयकारी, बिनाशकारी, मानव संहारकारी युगको पादुर्भाव हुदैत छैन ?
रेडियो खोल्छु, टेलिभिजनमा नियाल्छु, फोन डाइल गर्छु एउटै र उस्तै त्रासादीपूर्ण दृष्य र घटना पाउँछु । मेरो मन मष्तिस्कमा प्रश्न उव्जिन्छ, के म चाँहि सुरक्षित छु त ? नरसंहारको योजना बोकेको कालो बादल अत्यन्तै गतिले भूमण्डलमा मडारी रहेको छ तर मेरो शाशक त्यसलाई वेवास्था गरेर आफ्नै तानाबुना बनिरहेको छ । थाहा छैन कि त्यो मडारी रहेको कालो बादल मेरो मृत्युको कारण बन्छ भनेर । म पनि त कहाँ फरक छु र ङिच्च देखाउने सेता दाँतलाई एउटा सानो लफेटोले छोपेको त होनी । थाहा छैन म र मेरा भन्नेहरुलाई माथीबाट टिकट काटिसकेको छ भनेर ? नि यसरि नै वित्दै थिए ।
रातको ठिक १० बजेको रहेछ, फोनमा टिङ, टिङ घण्टी बज्छ, भावुक भएर, घुक्क–घुक्क गर्दै भन्छ, उ अब रहेन…………………….. ∕∕∕
अब म अर्ध बेहोस भएछु । अलिअलि थाहा छ, म लडिपल्टि गरेको । यो सुनेर मेरो जिवन संगिनी पनि भाव विह्वल भएको, चिच्याहट गरेको । अलि अलि होस छ, यो झुट झुट ………….. ।
खै के के भयो धेरै थाहा छैन ।रातभरी के के गरियो, कसरी रात बित्यो । विस्तारै उठेर हिड्न खोज्छु, हँ म विपनामा त छु ? शरिर कम्पन भयो, शिर फिरिर हल्लियो, यसो फर्केर हेरेको त एउटा इतिहास तयार भएछ । आँखा मिच्दै पड्न थाले ।
कमरेड पशुपति माक्र्सबादी सिद्धान्त र पार्टी प्रति अत्यन्त निष्ठावान हुनुहुन्थ्यो । अग्रगमन र सम्बृद्धि प्राप्ती हुने कुरामा पूर्णरुपमा विश्वस्त हुनुहुन्थ्यो र जनता प्रति अपार विश्वास राख्नुहुन्थ्यो । वहाँ कष्टपूर्ण क्रान्तीकारी काममा जीवनभरीनै लागिरहने दृष्टिकोण राख्नुहुन्थ्यो । जस्तोसुकै दुख कष्ट र आपत विपतमा पनि लगातार जुधिरहनु हुन्थ्यो र आम जनतासंग घनिष्ट सम्वन्ध कायम गर्न तथा व्यावहार मिलाउन हरबखत प्रयत्नशिल रहनुहुन्थ्यो । पार्टी भित्र नयाँ नयाँ जटिलताहरु पैदा भएका छन् । अन्तरसंर्घसका समस्या चुलिएका छन्, पार्टी विभाजनका रेखाहरु कोरीएका छन् । यस्तो जटिल परिस्थितीमा कमरेड तपाँइको अवसान हुनु हाम्रो पार्टीको लागि मात्र नभएर नेपाली कम्युनिष्ट आन्दोलन र आम समाजबादी आन्दोलनको निम्ति ठूलो क्षती भएको छ । मानिसको जन्म पछि मृत्यु हुन्छ यो एउटा अनिवार्य घटना हो तर तपाँइको असामयिक मृत्युले सिङ्गो जनसमुदाय स्तव्ध भएको छ । जीवनभरी जनताको मुक्ति कार्यमा लागिरहनु र त्यही कामको दौरानमा आफ्नो जीवनलाई बलिदानी गर्नु अत्यन्त कष्टसाध्य र गौरवपूर्ण कुरा हो । त्यस्ता मृत्युहरु हिमालय पर्वत भन्दा गहकिला हुन्छन्, आज तपाँईले त्यही मृत्युवरण गर्नु भएको छ । पार्टीको कामलाई प्राथमिकतामा राख्ने तपाँइको प्रवृतिनै थियो । २०७५ साल जेठ २ गते पार्टी एकिकरण र सो पूर्व झन्डै दुइ तिहाईको सरकार गठन भएको सवाललाई आफ्नो लक्ष्य प्राप्ती मान्नुहुन्थ्यो । पार्टी एकिकरणको ३ वर्षमै तुसारापात भएको प्रति सन्तुष्टी थिएन । २०७७ पौष ५ को संसद विघठन प्रतिगमनको पाटो हो , यो समाजबाद प्राप्तीको निम्ति बाधक छ, यो कदमले नेकापा एमाले भित्रै गडवड गर्छ जसका संकेत वर्तमानमा देखिइरहेका छन् । अव सर्वोच्च अदालतले फैसला गरेका आधारमा उभिएर सुदृढ र एकिकृत एमाले निर्माण गर्नुपर्छ, यी तपाँइको मत थिए । कोरोनाको संक्रमणबाट ग्रसित अवस्थामा पनि अहिले सांसदहरुले राजिनामा दिनुहुन्न भन्ने तपाँइको मत थियो । तपाँइको सपना साकार त भयो तर विडम्बना आफ्नो माग पुरा भएको दृष्य देख्न पाउनु भएन ।
मानिसहरुद्धारा मानिस माथि शोषण गर्ने घातक चलनलाई समूल नष्ट गर्न र नेपाली समाजलाई सवै प्रकारको शोषण, अन्याय अत्याचार र अशान्तिबाट मुक्त भएको समाजबाद तथा साम्यवादको उच्च लक्ष्यमा पु¥याउने तपाँइको सपना थिए जुन सपनालाई अधुरै छाडेर सदाका निम्ति विदा हुनुभयो । तपाँइले देखेको सुन्दर सपनालाई साकार पार्न हामीले अझै निक्कै लामो बाटो तय गर्नु छ । त्यसका निम्ति थुप्रै काम गर्न बाँकी छ । तपाँइको निधनबाट समाजबादी आन्दोलनलाई ठूलो क्षती पुगेको छ । त्यसलाई पूर्णता गर्नका लागि हामीहरु यहाँको निधनबाट उत्पन्न दुखलाई क्रान्तिकारी शक्तीमा बदल्ने छौं । शोकलाई शक्तीमा बदल्ने छौं । यहाँको लामो र कठिनपूर्ण राजनितीक जीवनको गहिरो अध्ययन गर्दै, यहाँले गर्नुभएका अशल कामहरु, योगदानहरु र कृतिहरुको रक्षा गर्दै यहाँको वलिदानी भावनाले युक्त कम्युनिष्ट जीवनका उच्च आदर्शहरुबाट विनम्रतापूर्वक सिक्दै र त्यसबाट प्रेरणा लिएर यहाँको अधुरो सपनालाई साकार पार्न अझ थप जिम्मेवारीका भावनाका साथ अघि बढ्ने छौं । यहिनै हामी सवैको यहाँ प्रति सच्चा र वास्तविक श्रद्धान्जली हुनेछ ।
कमरेड पशुपति चौंलागाई अव हामी संग हुनु हुन्न तर यहाँका अमर कृतिहरु र योगदानहरु हामीसंगै छन् । यहाँको पार्थिब शरिर नरहे पनि यहाँका योगदान र आदर्शहरु सदा अम्मर रहनेछन् । हामीलाई अझ ठुला दुख, कष्ट र बाधा विघ्नहरुलाई पार गर्दे अघि वढ्न सँधै प्रेरणा प्रदान गरि रहनेछन् ।

गरिब किसान परिवारमा बुवा चन्द्र प्रसाद र माता भक्त मायाको पहिलो सन्तानको रुपमा २०१६ फाल्गुणमा जन्म भएको पशुपति चौंलागाईका ३ जना भाई र २ बहिनीको जन्म भएको थियो । पार्टी कामलाई प्राथमिकता दिने कारण ढिला विवाह गरेका कमरेडले सुनिता फुयाल संग वैवाहिक सम्बन्ध जोडेपछि ३ छोरी र १ छोराको जन्म भएको थियो । दैव कति निष्ठुरी रहेछ भाइ अल्पायुमानै जानु, आमासंग छिटै विछोड हुनु, पहिलो सन्तानको रुपमा जन्मिएकी छोरीको मरणको त कुरै नगारौं यो भन्दा दुखान्त, अवस्था त कुनैलाई नपर्ला । अस्पताल लैजाउ पैसा छैन, बाहिर हिडडुल गरौं, साथीभाई संग सम्बन्ध सम्पर्क गरौं विद्रोही पक्षबाट स्थानहद, बेचविखन गरौं पहाडको साना साना टुक्रा जग्गाले समस्या समाधान नहुने । उफ ! भाडा तिर्न नसकेर भक्तपुरमा घरवेटिले घरबाटै निकाली दिएको । कहिले कंही मानवता त हुन्छ होला नी तर देखिएन, छोरी जीवन र मृत्युको दोसाधमा छन्, घरबेटिले घरबाट निकालि दिए । लामो समयसम्म कोठा खोज्दै हिंडे भेटेनन् । सुस्केरा हाल्दै एक दिन मलाई भने साथी कहिले कंहि त जीवनको बारेमा कोसंग मन विसाउ, को संग मनको वह पोखौं । जीवन यस्तो पनि त रहेछ । भन्दै गय संसारमा दुष्ट मात्रै हैन रहेछ, भगवानसंग विस्वास त छैन, रहेछ भने मेरो लागि यो घरको साहु भगवान हो । उनले थप्दै गए, छोरीको अन्तिम अवस्था छ, गोजीमा पैसा छैन । दिन टार्ने, परिवार पाल्ने सामाग्री छैन । यो अवस्थामा अर्को डेराबाट यहाँ सरे । दुइ तीन दिन पछि मेरी छोरीको मृत्यु भयो । कोठामा २ भाई थियौं उनी कहिल्यै रुदैनथे । तर आज थाम्न सकेनन् दुवै ……… । मलाई त्यो क्षण सम्झदा लाग्छ इश्वर तँ कतै छस भने यस्तो भयङ्कर दुख कसैलाई नदे ।
गोजीमा पेसा हुँदैनथ्यो, विहानै आमाले पकाएको भात खाएर चरिकोट गए । तर आमा अलि स्वस्थ्य थिइनन् औषधी पनि ल्याउनु प¥यो । पार्टीको काम पनि गर्नु प¥यो । बस चढेर गए, आमा बचाउने औषधी किन्दै थिए, पार्टी कार्यालयको काम बाँकी नै थियो । फोन थिएन, मोवाइन थिएन, गाँउबाट मानिस दौडेर पुग्यो र भन्यो दाइ आमा त ……. । हामी सागरमा थियौं । लास चिटामा चढाएका थिएनौ । उस्लाई पर्खिएका थियौं । टाढैबाट चिच्चाहट आयो आमा ……!! उ थामिन सकेन । आमालाई अँगाले हाल्यो र चुम्मन ग¥यो मेरी आमा …. !! विहान भात खुवाएकी आमा अव उसको साथ थिइनन् । यी सवै उसका वियोगान्त, मर्माहत घटना थिए । यी सवै घटना उसका गरीविसंग सम्बन्धित थिए ।
कम्प्युनिष्ट पार्टी प्रबेशले कहिल्यै पश्चाताप मानेन, कहिलयै विगारेन, मत्यायन र आफ्नो आदर्श विरुद्ध कहिल्यै विषबमन गर्न लगाएन । कलकलाउदो जवानिमै कम्युनिष्ट पार्टीको झन्डालाई उठाएको थियो । अत्यान्तै चुनौतीपूर्ण र कहालि लाग्दो यात्रामा उसका गोडा कहिल्यै कापेनन् । जस्तो सुकै संकटको घडीमा समेत उसको पिठ्यु कहिल्यै फर्केन । उसलाई कुनै पनि व्यक्तिगत स्वार्थले गाँज्न सकेनन । कुनै पनि मोहले विचलित पार्न सकेन र कुनै पनि विपत्तलिे गाल्न सकेन । उ सँधै “सतिसाल भएर उभिरह्यो” , निर्धक्क र निर्भएका साथ आफ्नो साहसिक कदमलाई अविचलित रुपमा अगाडि बढाइ रह्यो ।

उनले गरेका प्रत्येक कार्यहरुका क्रान्तीकारी जीवनमा विभिन्न घटनासंग, वाटामा आइपरेका ठक्कर र हन्डरहरुसित का्रन्तिकारी मित्र र जनताका घनिष्टता सित, आफन्त र परिवारका गतिविधिसंग, गाँउवस्ति र देशका कल्पना र कामनाहरुसित, प्रतिकृयावादीहरुका दुस्ट्याइ र चालबाजी आदिसंग अभिन्न रुपले गाँसिएका छन् । उनको जीवन खोला र नदि सित, उकाला ओराला बाटासंग, विहानको रातो घाम, आगो र आँधि बेहरी सित, हिमाल र आकाश सित, नेपाली जनताका रगत पसिना, त्याग र वलिदानीसित अझै सवैभन्दा बढी झोपडीमा बस्ने जनता र तिनको मुक्ती र सुन्दर भविष्यको सपनासंग अभिन्न रुपले गाँसिएको छ ।
उनी जुन क्षेत्र र समूहको जनताका विच कार्यरत थिए त्यहाँ आफ्नो अध्ययनशिलता, नम्रता, अथक परिश्रम, मिलनशिलता, स्पष्टवादिता, खुलस्तता, अध्ययनशिलता, संगठन कुशलता, उच्च नैनिकता एवं चारित्रिक विशेषता र निर्भिक संघर्षकारी ज्यूदो जाग्दो प्रतिकको रुपमा परिचित थिए । जनताले आफ्नो हृदयमा रहेको त्यस आस्थाको प्रतिकलाई नेपाली धर्तीमा जस्ताको तस्तो रुपमा गरेरै राख्ने छन् र अनन्तकालसम्म जनताका छातीमा संधैभरी चम्किरहने छन् । रगत तताएर र चेतना उकासेर गति प्रदान गरिरहने छन् ।
मेरो छिमेकी दौतरी, बालसंखासंग धुस्रो फुस्रो भएर बाटोमा खेलेको । ५७/५८ बर्ष बितेको यादै भएन छ । सायद २०२६ साल तिरको कुरा हो, उसलाई खेल्ने ठाउँमा भेटिएन । म एक्लो भएँ, उसको र मेरो घरको दुरी ४/५ सय मिटर टाढा प¥र्थो । उसले पनि भनेन मैले पनि सोधिन, बिहान बेलुका मात्र भेटिन्छ । एकदिन एकजना मेरा दाइले झुक्याएर मलाई स्कुल लगे, उ त तेहि पो रहेछ । हामी दुबै जना ३/४ ठाउँमा टालेको घुँडासम्म छोप्ने लामो दौरा लगाउँथ्यौं । लामिछानेको खेतको ग¥ह्रामा कबर्दि खेल्थौं । कबर्दि कबर्दि भन्दै खेल्लदा एक दिनको घटना हो उ र म पक्ष विपक्षमा परेछौ, खै कस्ले पहिला लडायौं, दुवै लड्दा दुवैको दौराको फेर माथि सरेछ, जेठा बाउ अलि धनि भएकाले कपडा राम्रै लगाउँथे, उनले हामीलाई खिस्टाएर आबुई केटाहरुको ……………………………….।
कहिले गुरुको धान काट्न, कहिले गोठ सार्न त कहिले पौडि र माछा मार्न खोलामा संग जान्थौं । यस्तै यस्तै गर्दा ५ बर्ष सम्म अर्थात २०३० सालसम्म हामिले कक्षा ५ सम्म त्यहि गाउँमा अध्ययन ग¥यौं । कक्षमा हामी प्रतिस्पर्धी थियौं । स्वभावले हामी अलि फरक थियौं । म छुच्चो र कडा स्वभावकोे थिएँ, तर उ सरल, मिजासिलो र मिलनसार थियो । हामी ५/६ जना अत्यन्तै मेहनती थियौं । बार्षिक परिक्षामा यिनै ५/६ जना मध्ये पहिलो देखि पाँचौ छैटौं सम्म हुन्थ्यौं । अघिल्लो बर्ष म पहिलो भएको थिएँ तर दोस्रो बर्ष गुरुको धान काट्ने र बिटा लगाउने काममा म नजाने गरेकाले पाँचौ भएछु तर उनि दोस्रो भए जस्तो लाग्छ ।

गाउँको स्कुल ५ कक्षा सम्म मात्र भएकाले हाइस्कुल पढ्न टाढा जानु प¥र्थो । या त जिरी या त नाम्दु । नजिक भएको कारण मेरो दाईले मलाई नाम्दु जान भन्नु भयो । म नाम्दुको स्कुलमा भर्ना भएँ तर उ गएन । १०/१५ दिन पछि भेट भयो र सोधे पढ्न नजाने ? उसले जवाफ दियो नजाने, उ त गाउँको कृषि फर्ममा गोरुको गोठालोमा भर्ना भै सकेछ । मैले कर गरेँ, तर उसले मानेन । पछि गहभरी आँसु निकालेर भन्यो, तिमि पढ, म संग ….. ।
म एक्लो भएँ । म संग पनि पैसा थिएन तर मेरो दाई सामान्य जागिरे हुनुहुन्थ्यो र मेरो पढाई खर्च दिनुहुन्थ्यो । ९/१० महिना पछि कति पैसा कमायौ र अब के गर्छौ ? भनेको, सिक्किम जान १५० रुपैयाँ लाग्छ रे खै पुगेन इन्डिया जाने सपना पुरा भएन । उसको यो कथा हिजो अस्ति सम्म बिगतलाई सम्झिएर खै १५० अहिलेसम्म पनि जुटाउन नसकेर इन्डियाको धोको पुगेन भन्थ्यो । अब यो सधैको लागि अधुरै रह्यो ।
२०३१ सालमा काब्रेमा निमाबि खुल्यो । मेरो सखा ६ कक्षमा त्यहि भर्ना भयो । अब हामी दुबै खुसी भयौं, उ कक्षा ६ मा, म कक्षा ७ मा पढ्न लाग्यौं । दुवै दुखिःत पनि किनकी स्कुल फरक थियो, भेटघाट पातलो हुन्थ्यो । म कक्षा ८ मा पढ्थे, उ ७ मा एक दिन मलाई स्कुलबाट १०/१५ जना साथी लिएर बुधबारे हाट लाग्ने ठाउँ बगरमा आउन भन्यो । त्यो दिन बुधबारको दिन थियो । साथि लिएर म आएँ त उसले स्कुुलका सबै साथी लिएर आएछ, १० मिनेट जति बैठक बस्यौं, बिषय थियो जाडँ रक्सी पोख्ने र बजारको महंगो घटाउने । हाट ओरालो ठाउँमा थियो माथि पट्टिबाट आक्रमण ग¥यौं । सबै भागाभाग भए, खै थाहा भएन के के भयो भयो ? पछि सुनियो अर्को पटक त सुधार भएछ ।

७ कक्षा पास गरेर मैले पढ्ने स्कुलमै भर्ना भयो, मलाई सबै भन्दा खुसी लाग्यो, मन मिल्ने साथी अब म संगै भयो । घरबाट २/३ घण्टा हिड्नु पथ्र्यो, खुट्टामा चप्पल हुँदैनथ्यो । भोक लाग्थ्यो गोजिमा पैसा हुँदैनथ्यो । बैशख जेष्ठ महिनाको बेला थियो, बिहान स्कुल लाग्थ्यो, आमाहरुले आलु र भुटेको गहुँ खाजा बनाइ दिनुहुन्थ्यो । स्कुल लैजाउ झोला हुदैनथ्यो पाडुको डाँडा तीर बुटामा लुकाउथ्यौ गोठालाले बेला बेलामा चोरेर खाई दिन्थे रुदै रुदै घर फकिन्थ्यौँ घर पुग्दा १२/१ बजी सकेको हुन्थ्यो । कक्षा ८ मा पढ्दा उनले एउटा रातो टेरलिङको सर्ट लगाउथे त्यो धेरै वलियो र चमकदार थियो । मैले लगाएको चाही खदरको पुरानो थियो । पछि बुझे अमेरीकनको भारी सोलुसम्म पु¥याएर जोडेको सम्पति रहेछ ।गरिबी कति बलियो हुदो रहेछ जस्ले हामीलाई धुजा धुजा बनाउछ यही सन्दर्भमा एउटा सन्दर्भ सम्झन लाएकको छ । हातमा किताब च्यापेर स्कुल जार्दै थियौँ । आँगेटारको खोल्सो, तल्ला पट्टी अम्बाको रुख अहिले पनि साची छ । हेडमास्टर संगै हुनुहुन्थ्यो खोल्सी तर्ने विक्तिकै भन्नुभयो ए साइलाका छोरा त फस्ट भइस भने छात्रवृद्धि दिन्छु । मैले पनि कान, ठाडा पारेर सुनेर र साहसका साथ म सर म फस्ट भएमा नी सरले तँ ………………। मंसीरमा परिक्षा हुन्थ्यो । परिणाम आयो ८ मा उ फस्ट ९ मा म फस्ट । उस्ले छात्रवृति पायो तर मेरो कक्षाको उप्रेतीको छोरा दोश्राले चाँहि छात्रवृति पाए । मलाई दुःख लागेन मैले नपाएर के भयो त मेरो साथीले छात्रवृद्धि पाएको थियो । ०३५।०३६ मा पञ्चायति शाशनको विरुद्ध राष्ट्रव्यापी आन्दोलन भयो । नाम्दुको आन्दोलनको नेतृत्व हामीले नै ग¥यौ । किनकी ९र १० मा पढ्ने विद्यार्थीका अगुवा हामीनै थियौ । सबै ठाउँमा नारा जुलुस लगाउने कार्यक्रम थियो । उप्रेतिका छोराहरु हामीलाई साथ दिन्थे सबै विद्यार्थी जुलुशमा थियौँ अघिल्लो पंक्तीको नेतृत्व हाम्रो थियो । जिन्दावाद र मुर्दावाद लगाउँदै अगाडी बढ्दै थियौ । त्यसवेला का जिल्ला पंचायतका सभापतिले पछाडी पट्टिबाट भाटाले हान्न लागाएछन माथी डिलमा पुग्दा त उ म र एकदुईजना मात्र भएछौ तर प्रतिवाद ग¥यौ भागेनौ ।
०३६ सालतिर देशव्यापी स्ववियूको निर्वाचन भयो । विद्यार्थी आन्दोलनले निमावि, मावि स्तर सम्मै स्ववियू गठ्न गर्न पाउने अधिकार पाएपछि हामी निर्वाचनमा लाग्यौँ । म आफु उठेपछि १० का अरु पनि उठ्ने देखेपछि म नउठ्ने निर्णय गरे र उनलाई सभापतिको उम्मेदवार बनाएर चुनाव जिताईयो । यहिबाट उनको संस्थागत राजनीतिको सुरुवात थियो । यस अघि सम्म म उनको लिडर थिए । अव मैले उनलाई नेता बनाँए । ०३६ मै अनेरास्ववियू एकताको पाचौँ संगठनको रोहित के. सी को अध्यक्षतामा दोलखा जील्लाका कमिटी बन्यो र उनी त्यस कमिटीको उपाध्यक्ष भए । म टेस्ट पास गरेर शिक्षक भए उनि खुल्ला विद्यार्थी नेता । उनी र मवीच यहि फरक थियो ।

२०३६ सालमा जनमत संग्रह भयो । जनमत संग्रहमा तत्कालीन नेकपा मालेले वहिस्कारको नीति लिएपछि हामी त्यसको विपक्षीमा उभियौँ । पार्टीले वहिस्कारको निति लिएको भए हामी विकल्पको खोजीमा लागेका थियौँ । त्यस वखत हामी धेरै वैचारीक र शैद्धान्तिक त थिएनौँ होला तर पंचायती व्यवस्थाका मतियारहरुको शोषण, दमन र उत्पिडन ले हामीलाई सताएको थियो । पार्टीले वहिस्कारको नीति लिने भनेपछि गाउँका एक जना गुरु नेत्रपाणी ढुंगेलसंग दुवै जना गएर सोधपुछ गरिउ यो बहुदलको बारेमा राम्रोसंग बुझाउने को छ । भन्दा उनले झुलेमा भीमबहादुर तमाङ भन्ने छन्, उनले सबै जान्दछन् । हामी उत्सुक भयौँ लाग्छ ५ जनाको एउटा कमिटी बनायौँ । म अर्कै कामले व्यस्त थिए । उनलाई त्यसको प्रमुख बनाएर उनीसंग अर्को एकजना सहित झुलेमा बुझ्न प्रतिनिधि पठाइयो । पर्सि पल्ट पूनः बैठक बस्यौ उजले रिपोर्ट पेश गरे भीम बहादुरलाई भेटिएन उनकै अर्को मानिससंग कुरा गरी छुट्यौ । तर उ फटाहा जस्तो लाग्यो उस्को नेता र पार्टी पनित त्यस्तै होला नी ∕ हामी छट्पटायौँ के गर्ने कस्लाई भेट्ने तडपी रहेका थियौ मालेले चुनावलाई सदुपयोग गर्ने नीति वनायो हामी उत्साहीत भएर बहुदलको पक्षमा उभियौँ । गाँठे भीम बहादुर भेटेको भए मेरो साखा म र हाम्रा साथी सबै काँग्रेस हुने रहेछौँ ।

२०२८ सालमा झापा संघर्ष पस्चात झापालीहरु लगाएत क्रान्तीकारी कम्यूनिष्टका नेताहरुले २०३२ सालमा को अर्डिनेसन कमिटी बनायँ र २०३५ साल मा ने.क.पा. मालेको गठन भयो । काठमाडौँमा अध्ययनरत दोलखाका विद्यार्थीहरु नेकपा माले संग आवद्ध भएर कम्युनिष्ट राजनीति गर्न दोलखाको गाउँगाउँमा पु¥याउने उद्देश्यले विभिन्न साँस्कृतिक कार्यक्रम गर्दै विभिन्न स्कुलमा शिक्षक भएर पार्टीको काम गर्न लागे । कम्प्युनिष्ट पार्टीको कार्य गर्न ०३५ सालमा ३ जनाको जिल्ला स्तरीय कार्यदल गठन भएको थियो । पशुपती चौंलागाई, जय प्रसाद दहाल र यादव दहाल । कमरेडहरु तिनै जना काब्रेका थिए । त्यसवेला संगठनको ढाचाँ प्रस्ट नहुदाँ सम्पर्क कमिटिको नाम दिएर ५ ठाउँमा कमिटिहरु बने । पार्टीको तर्फबाट क. श्याम (अमृत बोहोरा) सम्पर्कमा आउनु भयो । ०३६ सालमा ११ जनाको प्रशिक्षण भेला सम्मपन्न गरी पार्टीका कामलाई व्यवस्थापन गरेको पाईन्छ । क. श्याम को अधिकांश बसाई हाम्रै गाउँमा हुन्थ्यो उहाँ जन्ताको खेत बारीमा काम गर्ने, आह्रो काट्ने गर्नु हुन्थ्यो । आषाढमा खेत रोपाई भैरहँदा मेरो सखा र मेरो खेत संगै थियो । श्याम आलि लगाउदै हुनुहुन्थ्यो । नयाँ मान्छेको खोजी भयो । उहाँलाई झन्डै अप्ठेरो परेको संझना छ ।
२०३६/२०३७ साल तिरै हामी किसान, महिला, विद्यार्थी र मजदुरहरुका सम्पर्क कमिटी बनाएर पार्टीको काम गथ्र्यौ । अ.ने. कि. संघको पहिलो जिल्ला अधिवेशन काव्रेमा सम्पन्न गरेका थियौ। जंगल र खोलाको छेउ अत्यन्तै गोप्य ठाउँमा एउटा गोठमा कार्यक्रम आयोजना गरिएको थियो । उनि कार्यक्रमको प्रमुख र मैले कार्यक्रम संचालन गरेको थिए । जय प्रसाद दहालको अध्यक्षतामा कमिटी बनेको थियो । काभ्रेको वडा नं. ६ को माथिल्लो क्षेत्रलाई कम्युनिष्टको लालकिल्लानै बनाएका थियौ । त्यहाँबाट जिल्ला स्तरका पार्टीका गतिविधि, बैठक संचालन गथ्र्यौ । ०३७/०३८ सम्मै गाउँसम्पर्क कमिटिहरु मार्फत पार्टीका काम हुन्थे ।
०३८ सालमा श्याम (अमृत बोहोरा), ठाकुर (ठोक प्रसाद शिवाकोटी), ध्रुव (पशुपती चौंलागाई), केदार (जीतविर लामा) र ज्ञान बहादुर (इन्द्र बहादुर खड्का) रहेको एउटा जिल्ला स्तरिय सम्पर्क गठन भए पछि दोलखामा नेकपा मालेको कामको विस्तार भएको देखिन्छ । २०३९ साल कार्तिकमा ३ जनालाइ पार्टी सदस्यता दिएर जिल्ला संगठक कमरेड सहित ४ जनाको जिल्ला पार्टी सक्रियदल बन्यो जसमा ठाकुर (ठोक प्रसाद शिवाकोटी), ज्ञान बहादुर (इन्द्र बहादुर खड्का) र ध्रुव (पशुपती चौंलागाई) सामेल थिए । ०३९ पौषमा पार्टी सदस्यता दिएर क. विदुर (लाल कुमार के. सी.) लाई सकृय दलमा आबद्ध गरेको देखिन्छ । एक वर्षको कार्यकाल भएकोले सदस्यता प्राप्त मिति ०३८ देखि नै लागु गरेको देखिन्छ । ०३९ सालको अन्त्य तिर क. ठाकुर (ठोक प्रसाद शिवाकोटी) पलायन भएपछि झन्डै दुई बर्ष सम्म पार्टिको काम सुस्त मात्र हैन ठप्प जस्तै भएको थियो । ०४१ साल भाद्रमा क. शक्ति (ईश्वर पोखरेल) पार्टिको जिम्मेवार भएर आएपछि ध्रुव (पशुपती चौंलागाई), बिदुर (लाल कुमार के. सी.) र ज्ञान बहादुर (इन्द्र बहादुर खड्का) सहितको जिल्ला पार्टी सम्पर्क कमिटि निर्माण गरि दोलखा जिल्लालाई तिन भागमा इलाका स्तरको कमिटि निर्माण गरेको थियो । ०४१ माघ १९ गते अरिम (भीम प्रसाद दहाल) र एमटी (सुरेश कार्की) पनि उक्त कमिटिमा सामेल गरिएको थियो । यसैबेला दोलखा सम्पर्क कमिटिलाई जिल्ला संगठन कमिटिमा रुपान्तरण गरियो । यो कमिटिमा ५ जना कमरेडहरु हुनुहुन्थ्यो । यतिबेला क. शक्ति (इश्वर पोखरेल) ले मलाई पार्टिको संगठित सदस्यता प्राप्त गरेको सपथ ग्रहण गराउनुभएको थियो । तर मेरो पार्टी सदस्यता ०३९ बाट नै लागु भएको जानकारी गराइएको थियो । काठमाडौबाट आउने क्रममा क. शक्ति (इश्वर पोखरेल) जेल परेकोले उहाँको बसाइ लामो भएन । ०४२ सालको अन्त्यमा क. हेमन्त (माधव पौड्याल) जिल्ला संगठन कमिटी मा सामेल भएपनि कामको सिलसिलामा बाहिर गएपछि ०४३ साल श्रावण देखि सक्रियता पूर्वक लाग्नु भयो । ०४३ साल बैशाखमा जिल्ला संगठन कमिटिबाट क. ध्रुव (पशुपती चौंलागाई) अध्ययनको सिलसिलामा गएपछि जिल्ला संगठन कमिटीमा एमटी (सुरेश कार्की), हेमन्त (माधब पौड्याल), विदुर (लाल कुमार के. सी.) र ज्ञान बहादुर (इन्द्र बहादुर खड्का) रहनुभयो । ०४३ साल भाद्र २३ गते पुर्नगठन गरि हेमन्त (माधव पौड्याल), विदुर (लाल कुमार के. सी.), किरण (कृष्ण प्रसाद दहाल), जिवन (शिव भन्डारी, ज्ञान बहादुर (इन्द्र बहादुर खड्का) गरि ५ जनाको जिल्ला संगठन कमिटी बन्यो । जसको सचिव हेमन्त (माधव पौड्याल) चयन हुनुभयो । तर किरण (कृष्ण प्रसाद दहाल) घरायसी काम देखाई पार्टिबाट हटे पछि ०४३ मा क. केदार (जीतविर लामा) र क. मिरा लाई जिल्ला संगठन कमिटी मा सामेल गराइएयो । ०४४ भाद्रमानै अध्ययन पूरा गरि क. ध्रुव (पशुपती चौंलागाई) जिल्लामा फर्केपछि उसलाई जिल्ला संगठन कमिटी मा सामेल गरियो । ०४४ मा क. ज्ञान बहादुर (इन्द्र बहादुर खड्का) अध्ययनका लागि र क. मिरा उपचारको लागि बिदा लिएकोले बिचमा क. ज्वाला (आनन्द पोखरेल) लाई जिल्ला संगठन कमिटीमा समाबेश गरियो । ०४५ भाद्र देखि माथिल्लो कमिटिले क. केदार (जीतविर लामा) लाई माथिल्लो कमिटीमा जिम्मा दिएपछि जिल्ला संगठन कमिटी मा हेमन्त (माधव पौड्याल), ध्रुव (पशुपती चौंलागाई), विदुर (लाल कुमार के. सी.), जीवन (शिव भन्डारी) र ज्वाला (आनन्द पोखरेल) रहनुभयो । क. ध्रुव (पशुपती चौंलागाई) पार्टिका काम संगसंगै बैतेश्वर मा. वि. मा शिक्षण पनि गर्थे ।

शिक्षण पेशालाई समेत थाति राखेर उनि सानोठिमी क्याम्पसमा आइ.एड अध्ययन गर्न गए । उनि त्यस क्याम्पसको सभापति मात्रै भएनन् अनेरास्ववियूको केन्द्रिय सदस्य समेत भए । हो यहि बेला उनले आफ्नो राजनितिक उचाई उठाए । ०४५ सालमा नेकपा माले जिल्ला कमिटिको प्रथम जिल्ला अधिवेशन भयो । सायद हामी ११ वा १३ जना संगठित सदस्य मध्ये ७ जना उपस्थित थियौं । सोहिबेला ५ सदस्यीय कमिटिको (२ थप्ने गरि) निर्वाचन भएको थियो । उक्त निर्वाचनमा म पनि उम्मेदवार थिए । उनि र म एकै क्षेत्रको कारण मैले उम्मेदवारी फिर्ता लिएका कारण हाम्रो क्षेत्रबाट उनि निर्वाचित भए । स्मरण रहोस उम्मेदवारी फिर्ता लिँदा समेत मेरो नाममा १ भोट परेको थियो । उक्त अधिवेशनको प्रमुख अतिथि के. पी. ओली हुनुहुन्थ्यो । ०४५ सालमै काब्रेमा जिल्ला प्रशासनले मेजर अप्रेसन गरको थियो, कारण त्यतिबेला नेकपा माले जिल्ला कमिटिको कार्यालय काब्रेमा नै रहेको थियो । अपरेसन गरेर पार्टिका गोप्य सुचना र महत्वपूर्ण सामाग्री कब्जा गरि त्यसैको आधारमा हामीलाई रेड गर्ने योजना थियो । ०३७/३८ तिर नै सशस्त्र सघर्षका लागि जुटाएका सामाग्रीहरु पनि थिए । स्मरण रहोस ०३७÷३८ मा हामीले जँगुका मार्मेको जंगलमा केहि दिन सम्म तालिम गरेका हातहतियार पनि त्यहाँ छन भन्ने रिर्पोटिङ रहेछ । हामी दुबै जना हनुमन्तेश्वरमा पढाइरहेका थियौं । ३०/४० जना प्रहरीले हामीलाई स्कुलमानै घेरा हाल्यो । ३ दिन अगाबै हामीलाई सुचना प्राप्त भएको थियो । सुचना प्राप्त भएको बेलुका हामी दुई जना रातभरी बसेर पार्टीका गोप्य दस्तावेज तथा सामाग्रीहरुको छनौट गरीसकेका थियौं । यहि सामानको व्यवस्थापन गर्न स्कुलको अफिसको माथिल्लो झ्याल फोरेर म बाहिर फरार भएँ, उसकै घरमा जिल्ला कमिटिको अफिस थियो । त्यहाँका सामान व्यवस्था गरेँ म सुरक्षित तर उनि पक्राउ परे । प्रशासनले दानविय रुपले शारीरिक र मानसिक पिडा मात्र दिएन विद्युतिय करेन्ट समेत लगाएर ठुलो दण्ड सजाय सहित ५/६ महिनाको कारागारको सजाय दिइयो । तत्कालिन शिक्षक तारा प्रसाद पन्तलाई समेत पक्राउ गरी ७ दिन पछि रिहा गरेको थियो ।
०४६/०४७ सालको पञ्चायत विरोधि आन्दोलनमा उसलाई प्रशासनले वारेन्ट जारी गरेपछि पार्टिले होलटाइमर भएर काम गर्ने जिम्मेवारी दिने गरी जागिर छोड्न सल्लाह दियो । आर्थिक कठिनाईका बाबजुद पनि उनि पार्टिका कामलाई प्राथमिकता दिँदै अगाडि बढे । ०४६/४७ सालको जनआन्दोलन र त्यसको सफलता पश्चात तत्कालिन नेकपा माले र माक्र्सबादी एकिकरण भएपछि क.हेमन्त दोलखाको जिम्मेवारीबाट बाहिरिनु भयो । नेकपा एमालेको जिल्ला कमिटिको सचिव पदको जिम्मेवारी उनले लिए । ०४८ सालमा दोस्रो जिल्ला अधिवेशन भएपछि क. लालकुमार के.सि. पार्टि सचिव हुनुभयो र उनि पदमुक्त भए ।
०४८ को निर्वाचनमा पार्टिका उम्मेदवारलाई जिताउनको लागि पार्टिको कमाण्डर भएर अत्यन्तै महत्वपूर्ण भूमिका खेले । ०४९ को स्थानिय निर्वाचन, ०५१ को मध्यावधी निर्वाचनसम्म आइपुग्दा हामी (कम्युनिष्ट) माथी लागेका थुप्रै आक्षेपहरु थिए, तिनलाई चिर्ने, जिल्लामा पार्टि संगठनलाई सुदृढ बनाउने र माथिल्लो कमिटिसंग सम्बन्ध बिस्तार गर्ने जस्ता उनले गरेका उल्लेखिय कार्यहरु थिए । जसका कारण २०५४ सालको स्थानिय निर्वाचनमा नेकपा एमालेले सानदार विजय प्राप्त गरेर दोलखालाई लालकिल्ला स्थापित गरेको थियो ।
त्यसबेला उनि जिल्ला विकास समितिको सभापति बन्ने कुराको चर्चा पार्टि भित्र र यत्रतत्र व्यापक थियो । क.लालकुमार सभापति भएपछि निर्वाचित व्यक्तिले पार्टिको प्रमुख नबन्ने भन्ने पार्टिको निर्णय बमोजिम पुनः उनले जिल्ला कमिटिको सचिवको जिम्मेवारी बहन गरे ।
२०५४ माघमा पार्टिको छैटौं महाधिवेशन सम्पन्न भयो । उक्त महाधिवेशनमा फरक फरक मत र सवालमा एकता हुन नसकेका कारण पार्टि फुट्यो । पार्टि फुटको असरहरु तलदेखि माथिसम्म प¥यो । पार्टि विभाजन भएपछि टुटफुट र विभाजीत युवा संघ नेपालको जिम्मेवारी उनलाई दिएपछि उनले अत्यन्तै क्रियाशिल र कठोर मेहनत गरेर एउटा सशक्त संगठनको निर्माण गरेपछि उनि युवासंघ बिच अत्यन्तै पपुलर र चर्चित बने । यहि बेलाको उनको संगठन निर्माण गर्ने कुशलता, निपुणता र लगनशिलताको महत्वलाई हेरी पार्टी के. क.ले बागमती अञ्चल सचिव जस्तो महत्वपूर्ण जिम्मेवारी प्रदान ग¥यो । २०५९ सालमा सम्पन्न महाधिवेशनले उनलाई ५ बर्षका लागि बैकल्पिक केन्द्रिय सदस्य बनायो ।
गाउँघरका व्यक्तिले भन्ने चन्द्रप्रसाद घट्टेरोको छोरा अकल्पनीय रुपले गाउँको, जिल्लाको, एउटा अञ्चलको हुँदै सिंगो राष्ट्रको नेतृत्व लिन र दिन सक्ने सशक्त नेता बन्न पुग्यो । अब म र उ आकास र पातलका बस्तु जस्तै भयौं । तर उ सर्वगुणी थियो, अहंकारी थिएन, पदको दुरुपयोग गरेर अरुमाथि खिल्ली उडाउने स्वाभव थिएन । उ जनताको प्रिय पात्र थियो । पार्टिको माथिल्लो तहका नेताहरु विशेष र महत्वपूर्ण निर्णय र सवालमा उसको अनुपस्थिीतिमा गरिएका निर्णयको अपूर्णता ठान्ने सम्मको प्रभाव पार्न सक्यो । झरि, बादल, पाखा–पखेरा उसको दैनिकी थिए । उ कहाँ पुगेन सम्पर्क गर्दा कहिले इलाम हुन्थ्यो त कहिले डडेल्धुरा कहिले कंचनपुर त कहिले बाग्लुङ र मनाङ त कहिले ………….. ।
उ जिल्लामा मात्रै नभएर राष्ट्रमै प्रख्याती प्राप्त गरिसकेको थियो । विदेश जाँदा पनि कहिले मलेसिया, भियतनाम, कहिले बंगालादेश र कहिले एन्डियाको कम्युनिष्ट पार्टिको अवस्था र त्यहाँका नेता संगको सम्बन्धको कुरा गथ्र्यो । दक्षिण अफ्रिकामा सम्पन्न विश्व युवा तथा विद्यार्थी महोत्सवको लागि नेपालको राष्ट्रिय तयारी समितिको संयोजक र त्यसको तर्फबाट दक्षिण अफ्रिका, अल्जेरिया, भेनेजुइला लगायत देशको भ्रमण, वल्र्ड पिस काउन्सिलको नेपाल शान्ति तथा एक्यवद्धता परिषदको वरिष्ठ सदस्यको तर्फबाट अमेरिका, क्यूवा, ब्राजिल, ग्रीस,बेल्जियम, जापान, चिन, लावोस, श्रीलंका, सिरिया, वङ्गलादेश र भारतका बिभिन्न स्थानहरुको पटक पटक भ्रमण लगायत कैयौं देशको भ्रमण गरेको । ओ ∕ उ दक्षिण एसियाकै युवा कम्युनिष्टको उदयीमान नेता थियो ।
यसरी हेर्दा बनमा हलक्क बढेको सोझो बिरुवा जसको गन्तव्य कहाँ हुन्छ भन्न सकिदैन । त्यस्तै थियो मेरो बालसखा यस्तै बढ्ने र हुर्कने क्रममा बुटवलमा भएको आठौं महाधिवेशनबाट त उ निर्वाचित केन्द्रिय सदस्य बन्यो । ३÷४ कक्षामा पढ्दा नरबहादुर काकाको घट्टाको डुँढमा ढुङ्गा हालेर अवरुद्ध गर्नु थियो । उसले मैले भनेको नमाने, आदेश उल्लघन गरे भाटे कार्यबाहि खानु पर्ने व्यक्ति हेर्दा हेर्दै पोलिटव्यूरो सदस्य भयो । मैले आत्मसाथ गरें, भित्र भित्रै उसंग माफी पनि मागे सखा त्यो डुँडमा ढुंगा नहाल्ने नेतृत्व तिमिले गर्नुपथ्र्यो, दौराको फेरमा ढुङ््गा त मैलेपो बाक्नु पथ्र्यो हैन र ?

नवौं महाधिवेशन २०७१ मा सम्पन्न भयो । म पनि त्यो महाधिवेशनको प्रतिनिधी भएर गएँ । यसपालि त झनै आफ्नो बाल दौतरीलाई विजयको शिखर चुम्न आफ्नो भोटको प्रयोग मात्रै होइन, मैले चिने जानेका थुप्रै साथि संगी संग उसको उचाइमा इट्टा थप्न हात पसारेँ । नभन्दै उसले केन्द्रिय सदस्यको विजयी माला पहिरीयो र थप बागमती प्रदेशको इन्चार्ज, पार्टी केन्द्रिय कमिटीको पोलिटव्यूरो सदस्य सम्म भयो । उसले पार्टिमा उच्च तहको जिम्मेवारी मात्र प्राप्त गरेन संसदिय क्षेत्रमा पनि उत्तिकै अवसर प्राप्त ग¥र्यो ।
२०५६ मा दोलखा जिल्लाको क्षेत्र नं. १ बाट अत्याधिक मत प्राप्त गरि विजयी हुन अत्यन्तै कठिन र चुनौति थियो । एकातिर पार्टि फुट र विभाजनको कारण र अर्को तिर माओवादी शशस्त्र विद्रोहको प्रभाव । त्यसैगरी उ माथि लागेका आक्षेपहरु कम चोटिला थिएनन् । घेटेराको छोरो पैसा नहुने, ………………आदी आदी जस्ता गैह्र राजनितिक कुराहरु चिया गफमा मात्र होइन पार्टिको बैठकमा समेत छलफलका बिषय र एजेण्डा नबनेका होइनन् । तर उसमा बिष पचाउने क्षमता थियो । आखिर टिकट प्राप्त नभए पनि २०७० मा समानुपातिकको तर्फबाट सांसद भयो । २०७४ को निर्वाचन उस्कोे निम्ति चुनौतिपूर्ण थियो । संघिय टिकट प्राप्त गर्ने अवसर थियो । सबैको अड्कल र सम्भावित व्यक्ति उहि थियो । तर नवौं महाधिवेशनमा (भृकुटिमा) अर्को तर्फ मतदान नगरेकोले आरोपित थियौं । सायद त्यसैको बदला हुन सक्छ, झण्डै झण्डै प्रदेशको उम्मेदवारी समेत नपाउने वातावरण सिर्जना भयो । उ माथि भएको क्रृर अन्याय सबैले महशुस गर्दैनन् र स्वीकार्दैनन् होला, एउटै गाडिमा जिल्लामा फर्कदाँको अवस्था मलाई अहिल जस्तो लाग्छ । सायद उस्कोे ठाउँमा अरु कोहि भएको भए पार्टिमा विद्रोह र ठुलै हलचल पैदा गर्थेहोला । प्रदेशको टिकट मलाईm हैन लाल कुमार दाइलाई भन्दा उसको त कुरै नउठाउ उसमा बारेमा सुन्नै चाहदैनन भन्ने जवाफ जिम्मेवार नेताहरुको फोनको आवाज सुन्ने म आफैं साक्षी छु । मित्र तिमि धर्ति थियौं तर सबैले बुझ्न सकेनन् । प्रदेश सांसद चुनौतिपूर्ण ढंगले जित्यौं । पार्टिमा जिवनभर तिम्रो साथ दिने व्यक्ति तिम्रो साथ थिएन । उ आफ्नो अस्तित्व रक्षा भनेर विपक्षमा उभिएको थियो । जे भए पनि तिमिले विजय प्राप्त ग¥यौं । तर त्यसपछिका दिनहरु तिम्रा लागि पूर्णिमाका दिनहरु थिएनन् । कसैले गिज्याए, पहिलो हुने व्यक्ति चौथो पाँचौमा पुग्यो । विभिन्न कार्यक्रमहरु भए तिमिलाई निम्तो भएन । लाग्छ तिमी भिखारी भैसकेका थियौं, सांसदको तक्मा त भि¥यौं तानी त्यसप्रति आफ्ना आफन्तहरुले समेत वाणरुपि बचनले छेदन गर्न नखोजेको होइन । सिंगो जिवन समाज परिर्वतनकै खातिर सर्मपण गरेको हो । यो धर्तिमा रहुनजेल आफ्नो बनाएनौं, संस्थागत बनायौं, संस्था निर्माण गर्न व्यक्तिवादी बनेनौं, सामुहिकतामा बिश्वास ग¥यौं, अन्तत एक्लो वृहस्पति जस्तो होकी भन्ने परिदृष्य देखाउन र प्रमाणित गर्न भरपुर प्रयत्न नगरिएमको होइन । तर तिम्रा शुभचिन्तकहरु, प्रिय पात्रहरु, तिम्रा शिष्यहरु, दशकौं लगानी गरका जनताहरुको माया अनन्तसम्म पाइरहनेछौ ।
समाज रुपान्तरण गर्ने खाका सबै संग हुँदैन । अहिले पनि तिम्रा डाइरीहरु पल्टाएर हर्ने हो भने दर्जनौं योजनाहरु भेटिन्छन । तिमि राजनितिक नेता मात्र नभई सामाजिक एवं विकास निर्माणको भिजनरी नेता पनि हौं । आफ्नो कार्यक्षेत्रमा थुप्रै कार्यहरु सम्पादन भएका छन त कतिले पर्खेर बसेका छन । अधुरा र आश्वासन प्राप्त कार्यहरुले तिम्रै बाटो हेरिरहेका छन । बिचरा के थाहा तिनीहरुलाई तिमि नर्फकिने बाटो गयौं भनेर ।

आर्थिक र सामाजिक रुपले जर्जर भएको समाजलाई बदल्न तिमिले माक्र्सबादी दर्शनलाई कार्यरुप दिन आफैले आर्जन गरेको सानो अंश बचत गरेर ठुलो धनराशी निर्माण गरि सो को उपयोग आफैले गरेर आर्थिक समस्या समाभान गरि समृद्ध बन्ने जस्तो पवित्र कार्यक्रम अंगालेको सहकारी अभियानलाई अंगिकार ग¥यौं । यसरी आफु पनि सहकारीमा आबद्ध भई अरुलाई पनि सहभागी र आवद्ध हुने र गराउने कार्यक्रमका निम्ति पार्टिले सहकारी विभाग निर्माण गरि त्यसको इन्र्चाजको जिम्मेवारी दिएको थियो । सरकारले अबलम्बन गरेको ३ खम्बे अर्थनीतिमा सहकारीलाई आर्थिक समृद्धिको एउटा महत्वपूर्ण खम्बा स्वीकार गरेकोले यसको ऐन, नीति निर्माणमा समेत तिम्रो भूमिका अहंम थियो ।
दोलखा तिम्रो जन्मभूमि यो राजनितिक, सामाजिक, भौगोलिक विविद्यताले बनेको छ । यहाँ फरक फरक भाषा, धर्म, संस्कृति तथा वातावरणीय रहन सहन छ । मलाई लाग्छ, तिमि जनताका हरेक झुपडिमा पुगेका छौ, धरै मानिसले माया ममता र आदर सत्कार गर्ने मानिसहरु सायदै कम हुन्छन । विपक्ष हरुले स्वीकार गर्ने मानिसहरु पनि विल्कुल थोरै हुन्छन । आफ्नो प्रतिसपर्धीलाई लगभग निमिट्यान्न पार्ने, अस्वीकार गर्ने, बैगुनी देखाउने र विरोधिको संज्ञा दिने यहाँ मात्र हैन संसारको प्रचलन नै देखिन्छ । तर तिमि अपवादमा परेका छौं, तिमिलाई म पछिको नेता हो भनेर नेपालि काँग्रेसका भद्र नेता भीम बहादुर तामाङले भनेका थिए । सशत्र युद्ध गरेर आएका माओवादी नेताहरुले समेत दोलखामा हामीले मान्ने, आदर गर्ने, विश्वास गर्ने, भर पर्ने, अझैं हाम्रो अभिभावक जस्तै लाग्छ भनेर भनेको सुनिन्छ । अन्य राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले पनि तिम्रो उपस्थिती र उचाइलाई कहिँ कतै अनादर गरेको भेटिदैन, यसको अर्थ सिंगो दोलखा बासीले तिमि प्रति सद्भाव राखी अभिभावक स्वीकारेको देखिन्छ ।
गरिब किसान परिवारमा जन्मिएको समस्यै समस्याले घेरिएको मेरो पुरानो वालसखा स्वार्थ, दाउपेच र खिचातानीमा अल्झिएको वर्तमान राजनितीक अवस्थामा कोरोना संक्रमित भएर उपचारार्थ बाच्ने अभिलाषा लिएर अस्पतालको शैयमा आफ्नो जीवन मरण लडाँइ लडी रहेको थियो । उसलाई लागेको थियो म रोगबाट मुक्ती पाउँछु । अस्पतालको वेडबाट मसंग मेसेन्जर मार्फत कुरा भैरहेको थियो ।
२०७८/०१/२४“नमस्ते, अलि जटिल पो भयो, ज्वरो १०२, अक्सिजन लेबल ९२ भन्दा बढेन, प्रेसर त झन ८०/५० मा झ¥यो । शरीरको दुखाइ बढ्यो, शरीर यति शिथिल छ कि सामान्य गतिविधि गर्न पनि नसकिने, कान वन्द होला जस्तो, आँखामा पनि समस्या, हेरौं डाक्टरहरु लागिरहनु भएको , सुधार होला ।”
२०७८/०१/२५ “उस्तै छ ।”
२०७८/०१/२६ “कमजोरी धेरै, प्रेसर १००/७०, ज्वारो नियन्त्रण छ, अक्सिजन को मात्रा ९२÷९४, खाना मन नलाग्ने, आँखा दुख्ने र कानमा पनि समस्या छ । तर सुधार होला ।”
अस्पताल भर्ना भएपछि म्यासेन्जरबाट प्राप्त सुचना म सँग यिनै थिए । २४ गतेको भन्दा २६ गतेको स्वास्थ्य अवस्था सुधार र आशालाग्दो देखिन्थ्यो । तर २८ गते उहाँको निधन भयो ।
निष्ठा र आदर्शको राजनीति गर्ने व्यक्ति, शालिन, धैर्यशिल, इमान्दारी, स्वाभीमानी जस्ता मूल्यहरुको विम्ब, कुशल राजनतिज्ञ, आशा र भरोशाका केन्द्र, हिजो मेरो बाल्यकालको आत्मिय साथी, आजको मेरो प्रिय नेता, मेरो अभिभावक, जीवनभर साथ छोड्न नसकेको आदरणीय दाई पशुपति चौंलागाई जिवनको कठोर र चुनौतीपूर्ण अवस्थामा कहाली लाग्दा लडाँइ जित्यौ तर पापिष्ट कोरोनालाई परास्त गर्न सकेनौ । हामी सबैलाई भौतिक रुपले टुहुरो र अभिभावक विहिन बनाएर कहिल्यै नफर्कने गरी गयौ । अमर र अजर छौ । “दोलखाको चम्किला तारा” भएर चम्किरहने छौ । यस दुखद घडिमा अन्तिम श्रदा सुमन अर्पन गर्दछु । र शोकमा डुबेका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
तपाँइको निष्ठा, इमान्दारिता र आदर्शलाई आत्मासात गर्दै तपाँइले देखेका स्वर्ण सपनाहरु पुरा गर्न, अधुरा र अपुरा कार्यहरु पुरा गर्न लागि रहने प्रण पनि गर्दछु । सधैका लागि विदा कमरेड !! लाल सलाम !!

Shares

Be the first to comment on "“दोलखाको चम्किलो तारा”"

Leave a comment

Your email address will not be published.


*