दोलखाको किर्नेमा पुरुष भलिवल प्रतियोगिता सुरु

किर्ने –दोलखाको तामाकोसी गाउँपालिकाको आयोजनामा दोलखामा रहेका पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिता पालिकाको वडा नम्वर ५ स्थीत किर्नेटारमा सुरु भएको हो । प्रतियोगिताको प्रदेश नम्बर ३ का सांसद विशाल खडकाले उद्धघाटन गर्दै प्रदेशले खेलकुदलाई प्राथमिकता राख्दै ऐन बनाउन लागेको बताए । तिन वटा सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको पनि खडकाले बताए । भलिबल खेलबाट अन्तराष्ट्रिय पदक जित्नको लागि खेलाडीले मेहनत गर्नू पर्ने खडकाको भनाई रहेको छ । त्यसैगरी गाउँपालिका प्रमुख ईस्वर चन्द्र पोखरेलले गाउँपालिकाले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए । तामाकोसी गाउँपालिकाले अहिले पनि खेलकुदलाई लक्षित गर्दै पालिका भित्रका वडामा खेलमैदान निर्माण गरेको प्रमुख पोखरेलले जानकारी दिए । हामीले खेलकुदको पुर्वधार निर्माणमा बजेट खर्च गर्दै आएका छौ ,प्रमुख पोखरेलले भने । त्यसैगरी जिल्ला खेलकुद विकास समिति दोलखाका प्रमुख हिरा थोकरले खेलाडीलाई अनुशासित भएर खेल खेल्न आग्रह गरेका छन । खेलले देशको नाम चिनाउन ठुलो योगदान दिने पनि अध्यक्ष थोकरले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख , द्धितियलाई हुने टिमलाई ७५ हजार, तृतियलाई हुने टिमलाई ५० हजार तथा सान्त्वना हुने टिमलाई २५ हजार नगद सहित प्रमाण पत्र तथा मेडल पाउने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा दोलखामा रहेका ७ वटा पालिकाका ८ वटा टिमको सहभागिता रहेको छ ।

Shares

Be the first to comment on "दोलखाको किर्नेमा पुरुष भलिवल प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*