चरिकोट साउन २९दोलखाको कालिञ्चोक गाउँपालिकाका एक जना व्यक्तिमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।भारतबाट कालिन्चोक गाउँपालिका आएका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ का पुरुषमा संक्रमण देखिएको हो । उनी सिक्किमबाट आएका थिए ।
उनको स्वाब यही साउन २७ गते परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको थियो । जसको रिपोर्ट आज कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिए ।
Be the first to comment on "दोलखाको कालिन्चोक गाउँपालिकामा पनि देखियो १ जनामा कोरोना पोजेटिभ"