दोलखाको एक मात्र दिक्षण दैनिक माथि आक्रमण, कम्प्युटर लुटियो

चरिकोट,५ चैत्र । दोलखाबाट सञ्चालित एक मात्र दैनिक पत्रिका दिक्षण दैनिक माथि आक्रमण सँगै कम्प्युटर लुटिएको छ । दैनिकको कार्यलयमा काम भईरहेको बखत दैनिक माथिनै आक्रमणको प्रयास समेत भएको हो । चरिकोटमा रहेको दोलखा मिडिया प्रालि सँगको कारोबारलाई देखाउँदै दैनिक पत्रिका सञ्चालनका लागि किनिएको दुई थान कम्युटर दोलखा मिडिया प्रालिका सञ्चालकहरुले लुटेर लगेका छन् । बिगतमा दैनिक पत्रिकाको नगदी बिल दोलखा मिडिया प्रालिले काट्ने बिषयमा सहमति भएपछि लाखौ रकमको बिल दोलखा मिडिया प्रालिले दुरुपयोग गरेपछि आठ महिना पछि आफै दैनिकले बिल काट्न थालेसँगै दैनिकमा आक्रमणको प्रयासहरु भएका थिए ।

बिल काट्न नपाएको र दैनिक पत्रिकाको स्वामित्व गुमाएपछि आज सोमबार पत्रिकाको कार्यलयमा आएर दोलखा मिडिया प्रालिका सञ्चालक को निर्देशनमा दुई थान कम्प्युटर र पत्रिकाको अत्याबश्यक तथा महत्वपुर्ण कागजातका सामाग्रीहरु लुटिएको छ । आजबाट दैनिकको कार्यलय बन्द भएको छ । दैनिकको सञ्चालक टिम र सम्पादन टिम अदालत र प्रहरी प्रशासनमा गएर उजुरी गर्ने प्रकाशक सिर्जन घिमिरेले बताएका छन् ।

Shares

Be the first to comment on "दोलखाको एक मात्र दिक्षण दैनिक माथि आक्रमण, कम्प्युटर लुटियो"

Leave a comment

Your email address will not be published.


*