चरिकोट (दीस)–दोलखाकी एक महिलाको कोरोना संक्रमणले मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको प्रेस मिटमा दोलखा ठेगाना भएकी ५२ बर्षकी महिलाको कोरोना संक्रमणले ज्यान गएको जनाइएकाे छ । मृत्यु हुने महिला काठमाडौमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उनी कुन ठाउँको भन्ने बारे बिबरण आउन बाँकी रहेको छ ।
कोरोनाबाट थप १६ को मृत्यु, मृतकको कुल संख्या ४२७ पुग्यो
बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १६ जनाको मृत्यु भएको जानकारी दिँदै यससँगै मृतकको कुल संख्या ४२७ पुगेको जानकारी दिए । यस्तै बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए । आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् ।
फुर्सद भए यो पनि हेर्नू होस ।
https://www.youtube.com/watch?v=fi-Mj4l-_7I&t=492s
Be the first to comment on "दोलखाकी एक महिलाको कोरोना संक्रमणले मृत्यु"