नेपाल पत्रकार महासंघ दोलखाको दशौँ साधारणसभा दोलखाका ६ पत्रकार पुरस्कृत

चरिकोट, पुस २७दोलखाका ६ जना क्रियाशिल पत्रकार विभिन्न पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको दशौँ साधारणसभा तथा नवौँ अधिवेशनको अवसरमा ५ जना पत्रकार सम्मानित भएका हुन् । देवदास स्मृति पत्रकारिता पुरस्कारबाट रविन्द्र गौतम पुरस्कृत भएका छन् । गौतम नगद १० हजारसहित सम्मानपत्रले पुरस्कृत भएका हुन् । गौतम अन्नपुर्ण दैनिकका जिल्ला संवाददाता र रेडियो भीमेश्वरका स्टेशन म्यानेजर हुन् । विकास पत्रकारिता पुरस्कारबाट केदार शिवाकोटीलाई पुरस्कृत भएका छन् । शिवाकोटी नगद १० हजार र सम्मानपत्रले पुरस्कृत भएका हुन् । शिवाकोटी कान्तिपुर एफएम र कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट नवराज शिवाकोटी पुरस्कृत भएका छन् । नगद ५ हजारसहित सम्मान पत्रले उनी पुरस्कृत भएका हुन् । शिवाकोटी अभियान दैनिकको जिल्ला संवाददाता हुन् । सुजल पत्रकारिता पुरस्कारबाट बिमला बुढाथोकी पुरस्कृत भएकी छिन् । उनले नगद ५ हजार सहित प्रमाणपत्र पाएकी छन् । बुढाथोकी रेडियो शैलुङकी समाचार प्रमुखको रुपमा कार्यरत रहेकी छन् । त्यस्तै स्व.ईन्द्रमणी पत्रकारिता पुरस्कारबाट जिरी एफएममा कार्यरत सिर्जना गोले पुरस्कृत भएकी छन् । उनलाई नगद १० हजारसहित सम्मानपत्रले सम्मान गरिएको छ । २५ हजार राशीको हेमकृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कारबाट रातोपाटी अनलाईनकी सर्लाही संवाददाता मिना कुमारी यादव पुरस्कृत भएकी छन् । सोही अवसरमा सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङका प्रेस विज्ञ राजेन्द्र मान्नधर, पत्रकार रामचन्द्र गिरी र मकवानपुरका पत्रकार गिरीजा अधिकारीलाई सम्मान गरिएको छ । साधारण सभाको अवसरमा पत्रकार महासंघ दालखाकी सचिव बिनिता शिवाकोटीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शेरबहादुर भुजेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, नेपाल पत्रकार महांसघका केन्द्रिय उपाध्यक्ष दिलिप थामामगर, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे लगायतले  मन्तव्य व्यक्त गरेका थिए ।

 

 

 

Shares

Be the first to comment on "नेपाल पत्रकार महासंघ दोलखाको दशौँ साधारणसभा दोलखाका ६ पत्रकार पुरस्कृत"

Leave a comment

Your email address will not be published.


*