दोलखाका १२ वटा विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम गरिदैँ

इश्वर बिश्वकर्मा
चरिकोट, फागुन १८
जिल्ला निर्वाचन कार्यालय दोलखाले यो वर्ष विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यालयको वार्षिक कार्यक्रम अन्र्तगत जिल्लाको सामुदायिक तथा संस्थागत विद्यालयका ९ र १० कक्षाका विद्यार्थीहरुलाई लक्षित गरी १२ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । जिल्ला निर्वाचन कार्यालय दोलखाकाको अनुसार विद्यार्थीमार्फत् निर्वाचन सम्बन्धि जानकारी गराई निर्वाचनको क्रममा मत बदर नहोस् भन्ने उद्धेश्यका साथ विद्यालयहरुमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । विद्यार्थीहरुलाई मतदाता नामवली वा मतदाता, मतदान गर्ने विधि, आचारसंहिता, मतदान केन्द्र लगायतको बारे पर्चा पम्पेल्ट सहित जानकारी दिइन्छ । प्रत्येक विद्यालयमा १ पटक वा सो भन्दा बढी पनि उक्त कार्यक्रम सञ्चालन गरिने निर्वाचन कार्यालय प्रमुख गोमा धमलाले बताइन् । आगामी निर्वाचनलाई लक्षित गरेर विद्यालयमा यो कार्यक्रम लिएर जाने आन्तरिक तयारीमा जुटेका छौँ । उनले भनिन् “मंसिर महिना तिरै यो कार्यक्रम विद्यालयमा गर्ने योजना बनाएका थियौँ । तर विविध समस्याका कारण सम्भव भएन । अब यो कार्यक्रम चाँडै गछौँ ।” उक्त कार्यक्रम सञ्चालनको लागि कार्यालयमा निर्वाचन १ लाख रुपैयाँ बजेट प्राप्त रहेको उनले बताइन् । गत वर्ष देखि निर्वाचन कार्यालयले सम्बन्धित स्थानीय तह र विद्यालय, शिक्षकसँग समन्वय र सहकार्य गरेर निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । गत वर्ष भीमेश्वर नगरपालिकाको १० वटा, तामाकोशी गाउँपालिका ४ वटा र कालिन्चोक गाउँपालिकाको ३ वटा गरी १७ वटा विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । जसमध्ये भीमेश्वर नगरपालिकाको क्षमावती मावि, भीम मावि, पशुपति कन्या, सुर्के मावि, देवी मावि, कुटीडाँडा मावि, महेन्द्र मावि, कालिन्चोक मावि, त्रिपुरा ग्लोरियस र मोर्डन नेपालमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो । तामाकोशी गाउँपालिकाको सीतापाइला मावि, गोल्मेश्वर मावि, कालिका मावि, महेन्द्र मावि र कालिन्चो गाउँपालिकाको सित्का मावि, कालिनाग मावि र कालिका माविमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखाका १२ वटा विद्यालयमा निर्वाचन शिक्षा कार्यक्रम गरिदैँ"

Leave a comment

Your email address will not be published.


*