दोलखाका स्थानीय तहलाई २ अर्ब ४२ करोड ,बजेटमा दोलखाको ठूला आयोजनाको नामै छैन

चरिकोट – आगामी आर्थिक वर्ष २०७५र०७६ मा दोलखाका स्थानीय तहमा २ अर्व ४२ करोडभन्दा बढी बजेट विनियोजित गरिएको छ ।
मंगलबार संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्बको बजेट विनियोजित गरेका हुन् । दोलखाका २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तहका लागि २ अर्व ४२ करोड ९१ लाख बजेट विनियोजन गरेको हो ।
नगरपालिकातर्फ
नगरपालिकातर्फ भीमेश्वर नगरपालिकाका लागि ४१ करोड २ लाख बजेट विनियोजन गरिएको छ । जसमा १७ करोड ११ लाख वित्तीय समानीकरण तर्फको बजेट हो भने २३ करोड ९१ लाख रकम सशर्त अनुदान हो । यसैगरी, जिरी नगरपालिकाका लागि ९ करोड ९४ लाख वित्तीय समानीकरण र १३ करोड ९० लाख सशर्त अनुदान सहित कुल २३ करोड ८४ लाख बजेट आएको छ ।
गाउँपालिकातर्फ
कालिञ्चोक गाउँपालिकाका लागि २९ करोड ८४ लाख बजेट विनियोजन गरिएको हो । मेलुङमा २७ करोड ४३ लाख, तामाकोशी २६ करोड ९१ लाख, वैत्यश्वर २४ करोड ७९ लाख, विगु २३ करोड ७३ लाख, शैलुङ २२ करोड ९४ लाख र गौरीशंकरमा २२ करोड ४१ लाख गरी कुल १ अर्व ७८ करोड ५ लाख बजेट विनियोजित गरेको छ ।
तालिकामा कुन स्थानीय तहको कति बजेट

कालिञ्चोक गाउँपालिकालाई सबैभन्दा बढी र गौरीशंकर गाउँपालिकालाई सबैभन्दा कम बजेट विनियोजन भएको छ ।

बजेटमा दोलखाको ठूला आयोजनाको नामै छैन
आर्थिक वर्ष २०७५÷०७६ का लागि सरकारका अर्थमन्त्री युवराज खतिवडाले १३ खर्ब १५ करोडको बजेट प्रस्तुत गरे । ६९ पेज लामो बजेट प्रस्तुत गर्दा ठूला पूर्वाधार, राजगार सिर्जनामा केन्द्रित छ । तर बजेटले दोलखाका कुनै पनि आयोजनाहरुको नाम समेत उच्चाहरण गर्न अर्थमन्त्रीले भ्याएनन् ।
विगतका बजेटमा समेट्दै आएको उत्तर–दक्षिण राजमार्ग अन्र्तगतको लामोसाँघु–फलाक नाका चीन जोड्ने नाका, डाङडुङेमा प्रस्तावित फिल्म सिटी, जिरीको विमानस्थल लगायतका योजनाको नाम समेत अहिलेको बजेटको पानामा अटेका छैनन् । बाम गठबन्धनको चुनावी नाराको रुपमा मुख्य रुपमा उठाइएका लामाबगर–फलाक नाका, तामाकोसी तेस्रो जलविद्युत आयोजना, फिल्म सिटी जिरी विमानस्थल मुख्य रुपमा जिल्लास्तरीय घोषणा पत्रको रुपमा उठाइएका थिए । तर ति योजनाहरु घोषणा पत्रको कागजमै सिमित भएको छ ।
बजेट भाषणको ३ दिन अघिसम्म दोलखाका सांसदहरुले हाम्रो मुख्य योजना भनेको यिनै आयोजना भएको भाषणा सुनाउँन भ्याए । तर उनीहरुले न त यि योजना अर्थमन्त्रीलाई बुझाउन सकेनन् वा पहुँच पुगेन । विगतमा समेटेका विषय समेत हराएको छ ।
३ वर्ष अघिको बजेटमा समेटेको नेपालकै फिल्म सिटी निर्माण तत्कालिन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जाँदाजाँदै सिलान्यास गरे । त्यसले अब फिल्म सिटी बन्नेमा दोलखा र सिन्धुपाल्चोकबासी ढुक्का थिए । तर त्यो पनि बजेटमा नसमेटिँदा फेरि अन्यौल भएको हो कि भन्ने स्थानीयमा परेको छ ।
विगत लामो समयदेखि आस्वासन पाउँदै आएका जिरीबासीले जिरीको विमानस्थल पुनः सुचारु हुने कुरा यस पटक पनि आस्वासनमै चित्त बुझाउनु प¥यो । एक महिना अघि मात्र पर्यटन मन्त्री रविन्द्र अधिकारी जिरीमा आएर विमानस्थल निरीक्षण गरेर फर्कदा आस अझ बलिको बने पनि त्यो पनि आसैमा सिमित बन्यो ।
हुन त यस पटक केन्द्र सरकारको बजेटमा नपरे पनि प्रदेश सरकारको बजेटमा पर्ने आश छ । तर अन्र्तराष्ट्रिय नाका जोड्ने सडक केन्द्र सरकारकै रेखदेख र लगानी हुनु पर्ने हो । तर यहाँ बजेटले नसमेट्दा सांसदहरुले जिल्लामा जनताका अगाडी आस्वासन मात्र दिने तर सरकारी प्राथमिकतामा पार्न पहल नगरेको वा सरकारको चासो नै नभएको हो कि भन्ने बुmिभन्छ ।

Shares

Be the first to comment on "दोलखाका स्थानीय तहलाई २ अर्ब ४२ करोड ,बजेटमा दोलखाको ठूला आयोजनाको नामै छैन"

Leave a comment

Your email address will not be published.


*