इश्वर बिश्वकर्मा
चरिकोट, माघ २९
दोलखाली यसकारण भाग्यमानी हुन्, जसले विश्व साइकल यात्री पुष्कर शाह पाए । अब फेरी दोलखालीले यस्तो व्यक्ति पाउँदै छन्, जसले नेपालको राष्ट्रिय झन्डा सहित अन्य १ सय भन्दा बढी देशको झन्डा बोकेर नेपालको पूर्वमेची देखि पश्चिम महाकालीसम्म एक्लै पैदल यात्रा गर्दै छन् । ति साहसी र आँटिला व्यक्ती हुन्, कालिञ्चोक गाउँपालिका वडा नं. ३ स्थित लामीडाँडा पोखरेका कुमार कार्की र तारा देवी कार्कीका छोरा अभिनय कार्की । विश्वभर सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकताको कामना सहित २ महिनाको अवधीमा आफ्नो यात्रा पुरा गर्ने तयारीमा अभिनय जुटेका छन् । उनले आगामी फागनु ६ गते आफ्नो जन्म दिनकाे अवसर पारी झापाको मेची पुलदेखि यात्रा सुभारम्भ गर्ने बताएका छन् । “हुन त यो काम निकै चुनौतीपूर्ण हो । तर ति चुनौतीलाई परास्त गर्ने बलियो साहस लिएर यात्रामा अगाडी बढ्ने छु ।” उनले भने “ १ सय देशको राष्ट्रिय झन्डा मात्रै होइन, नेपालको माया मनमुटुमा बोकेर राष्ट्रिय झन्डा सहित एक्लै पैदल यात्रा गर्ने तयारीमा जुटेको छु ।” कार्कीले यात्राको समापन पश्चात् पूर्वमेची देखि पश्चिम महाकाली सम्म गरिएको यात्राको अनुभव समेटेर पुस्तक प्रकाशन गर्ने बताएका छन् ।
उनले आफुले तय गरेको यात्रालाई सहज र सम्पन्न गर्न सबै नेपालीलाई सहयोग गर्न अपिल गरेका छन् । सहयोग गर्न चाहने इच्छुक महानुभावहरुले प्रभु बैँकमा रहेको खाता नं. १२६०१७३८०००१८ बाट र खल्ती वालेट नं. ९८२८८०७५३१ बाट पनि सहयोग गर्न सकिने उनले बताए । साथै यात्रा सम्बन्धित सम्पुर्ण जानकारी र आफुले सकेका र जानेका सल्लाह सुझाव दिनको लागि ९८६१५६८२०६ मा सम्पर्क गर्न सकिने कार्कीले बताए ।
वडाध्यक्ष बुढाथोकीले दिए शुभकामना
एक्लै पैदल यात्रा गर्न लागेका आँटिला र साहसिला युवा कार्कीलाई कालिञ्चोक गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष निशान बुढाथोकीले यात्रा सफलताको शुभकामना दिएका छन् । उनले यात्राको लागि आफु र वडाको तर्फबाट भरपुर सहयोग गर्ने बताउदैँ यात्राको क्रममा कुनै प्रकारको जटिलता वा समस्या आइपरेमा त्यसको समाधानका लागि आवश्यक पहल र सहकार्य गर्ने बताए ।
Be the first to comment on "दोलखाका यि युवा ः मेची–महाकाली पैदल यात्रा गर्दैछन्"