दोलखाका महिला उद्यमीहरु संगठित

इश्वर बिश्वकर्मा

चरिकाेट पाैष ९

दोलखाका महिला उद्यमीहरु संगठित भएका छन् । बुधबार महिला उद्यमी संघदोलखा गठन गरि जिल्लाका महिला उद्यमीहरु संगठित भएका हुन् ।
महिला उद्यमी संघ दोलखाको अध्यक्षमा अनिता श्रेष्ठ निर्वाचित भएकी छिन् । त्यसैगरि उपाध्यक्षमा सविता मानन्धर, सचिवमा कल्पना श्रेष्ठ, सहसचिवमा राधिका दाहाल र कोषाध्यक्षमा रन्जिता सिटौला निर्वाचित भएका छन् ।
त्यसैगरि संघको सदस्यहरुमा १६ जना निर्वाचित भएका छन् । महिला उद्यमीहरु संगठित भई उद्यमको विकासका साथै महिला उद्यमीहरुको हकअधिकारको बारेमा संघले वकालत गर्ने बताइएको छ ।
दोलखामा ठुला उद्योगको सम्भावना छैन ः प्रमुख केसी
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले सोही कार्यक्रममा बाेल्दै दोलखामा ठुलाठुला उद्योगको स्थपनाको सम्भव नभएको बताएका छन् ।
उनले ठुला उद्योगको विभिन्न कारणले दोलखामा सम्भव नभएकाले साना तथा घरेलु उद्योगको स्थपनाले भिमेश्वर नगरपालिकाको सम्बृद्धिको नारा साकार हुने बताए ।
भिमेश्वर नगरपालिकाले चाडैँ नै लघुउद्यम कार्यक्रम गर्ने उनले बताए । स्थानियस्तर मैँ उपलब्ध स्रोतसाधनलाई परिचालन गरि विभिन्न सामग्री उत्पादन गरेता पनि बिक्री नभएकोले अब साना उद्योग तथा घरेलु विकास समितिसँगको सहकार्यमा बिक्रीवितरणका लागि पहल गर्ने पनि उनले बताए ।
उनले भीमेश्वर नगरपालिका लगायत अन्य पालिकाको समन्वयमा चरिकोटमा किवी महोत्सव गर्न लागिएकाले महिला उद्यमीहरुले आफुले उत्पादन गरेको सामग्रीहरु महोत्सवमा ल्याउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै महिला उद्यमी महासंघकी बोर्ड मेम्बर लक्ष्मी खनालले दोलखा उत्पानशिल जिल्ला भएकोले महिलाहरुले स्थानिय स्रोतको परिचालन गरि आयातित सामानलाई रोक्नुपर्ने बताएकिछिन् ।
उनले महिला उद्यमीहरु आफै सक्रिय भएर लागेमा महिला उद्यमीहरुले उद्यम मार्फत् सफलता प्राप्त गर्न सकिने उनले बताइन् । बोर्डमेम्बर खनालले महिला उद्यमी महासंघले महिला उद्यमीहरुको हकअधिकारको लागि काम गर्ने भएकाले महिलाहरु संगठित हुनुपर्ने बताइन् ।
कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले महिला उद्यमीहरुले घरपरिवार र पुरुषको सहयोग लिएर काम गरेमा थप उद्यम विकास हुने बताए । महिला उद्यमीहरु संगठित भई अघि बढेमा जिल्लाको सम्बृद्धि हुने अध्यक्ष श्रेष्ठले बताए । महिला उद्यमीहरुलाई वितिय सारक्षता पनि प्रदान गरिएको दाेलखा उद्याेग महासघका महासचिव हेमराज रिमालले बताए ।
दोलखा उद्योग वाणिज्य संघको आयोजना र महिला उद्यमी महासंघको समन्वयमा भएको कार्यक्रममा महिला उद्यमी महासंघ कार्यसमिति सदस्य बबिता रेग्मी, पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, विभिन्न बैँकका प्रमुख लगायतले मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "दोलखाका महिला उद्यमीहरु संगठित"

Leave a comment

Your email address will not be published.


*