दोलखाका प्रदेश सांसद खड्का बन तथा वातावरण मन्त्रीमा नियुक्ति

चरिकोट (दीस) – दोलखाबाट प्रदेश क बाट निर्वाचित सांसद विशाल खड्का बागमती प्रदेशको मन्त्री हुनु हुने भएको छ । मंगलबार मुख्य मन्त्री राजेन्द्र पाण्डे विस्तार गर्ने योजना सँगै उहाँ मन्त्री बन्ने पक्का भएको हो । उहाँ वन बन तथा वातावरण मन्त्री नियुक्ति  हुनु भएको छ । ती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्न लाग्नु भएको छ । उहाँले नेकपा माओवादी केन्खद्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्न लाग्नु भएको हो । नेपाली कांग्रेसले भने मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको नाम टुंग्याइसकेको छैन ।
नेकपा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल मन्त्री बन्न लागेका हुन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाईं र बसन्त मानन्धर मन्त्री बन्न लागेका हुन् ।

Shares

Be the first to comment on "दोलखाका प्रदेश सांसद खड्का बन तथा वातावरण मन्त्रीमा नियुक्ति"

Leave a comment

Your email address will not be published.


*