दीक्षण समाचार
चरिकोट, बैशाख २१
दोलखामा बुधबारदेखि लागू हुने गरी १ साताका लागी मेडिकल र औषधीजन्य बाहेकका पसलव्यवसाय बिहान ११ बजेपछि बन्द गर्न अपिल गरिएको छ । कोरोना भाइरस संक्रमित दिनानुदिन बढीरहेको र यसको प्रसार थप व्यक्तिहरुमा नहोस् भन्दै दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्शले यस्तो अपिल गरेको हो । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र बहादुर श्रेष्ठ र दोलखा चेम्बर अफ कमर्शका अध्यक्ष विष्णु श्रेष्ठद्धारा हस्ताक्षिरित अपिलपत्रमा जिल्लाभरका उद्योगीव्यवसायीलाई बिहान ११ बजेसम्म मात्र पसल व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको छ । उक्त समयमा पसलव्यवसाय सञ्चालन गर्दा पुर्णरुमा स्वास्थ्य सावधानी अपनाउन समेत अपिल पत्रमार्फत अनुराेध गरिएकाे छ । अत्यावश्यक सेवा दिने बाहेक सरकारी तथा गैरसकारी संघसंस्था एक साताका लागी बन्द गर्न र बैँक, वित्तीय संस्था तथा सहकारीहरु साप्ताहिक रुपमा समय तालिका मिलाएर भिडभाड नहुने गरी आलोपालो प्रणालीमा खोल्नका लागि अनुरोध गरिएको छ । साथै अत्यावश्यक कामका लागी बाहेक एक साताका लागी आफ्ना यातायातका साधनहरु सञ्चालन नगर्न सबै उद्योगी व्यवसायीहरुलाई आग्रह गरिएको छ ।
परीक्षणको दायरा बढाउन माग
दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्शले जिल्लामा कोरोना परीक्षणको दायरा बढाउन माग गरेका छन् । पिसीआर र एन्टीजेन प्रविधीबाट गरिने परीक्षणलाई बढाउन माग गरिएको हो । साथै संक्रमितहरुको उपचारका लागी आइसोलेसन सेन्टर बढाउन तथा अक्सिजन लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको स्टक राख्न सम्बन्धित निकायहरुलाई अपिल गरिएको छ । स्थानीय निकाय तथा सम्बन्धित निकायहरुलाई जिल्ला प्रवेश गर्ने मुख्य किर्ने र खरीढुंगा लगायतका नाकाहरुमा भित्रिने यात्रुहरुको स्वास्थ्य जाँच गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न अपिल गरिएको छ ।
Be the first to comment on "दोलखाका पसलव्यवसाय बिहान ११ बजेपछि बन्द गर्न अपिल"