चरिकोट(दीस) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं उप–सचिव खगेन्द्रप्रसाद रिजाललाई मंगलवार पक्राउ गरेको छ ।
आयोगले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुलाई धरौटीमा रिहा गर्न सेवाग्राहीहरुसँग घूस लिई भ्रष्टाचारजन्य कार्य गरेको भन्दै उनलाई थप अनुसन्धानका लागि पक्राउ गरेको हो ।
यसअघि अख्तियारले निज उप–सचिवका सम्बन्धमा अनुसन्धान गरिरहेकोमा थप अनुसन्धानका लागि पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए ।
Be the first to comment on "दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजाललाई अख्तियारले ग¥यो पक्राउ"