दोलखाका जनप्रतिनिधिको मागियो राजिनामा

चरिकोट–एक वर्ष अघि भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जिल्ला जनपरिषद् नेपाल दोलखाले पत्र नै लेखेर आफ्नो पदबाट राजिनामा गर्न उर्दि जारी गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट रहेको जनपरिषदले शुक्रबार पत्र लेखेर तत्काल राजिनामा गर्न पत्र लेखेको हो ।
पुरानो सत्ताले चुनावको नाटक गरेर निर्वाचित जनप्रतिनिधिले देशको समस्या समाधान गर्न नसक्ने हुँदा तत्काल राजिनामा गर्न भनेको छ । जिल्ला जनपरिषद, नेपाल दोलखाका प्रमुख काजी सिंहद्वारा हस्ताक्षरित पत्रमा नयाँ र पुरानो सत्ता चलिरहेकोले नयाँ सत्तालाई पनि सहयोग गर्न आग्रह गरेको छ । एकीकृत जनक्रान्ति स्थापनाका लागि राजिनामा गर्नका लागि दोलखाका सबै स्थानीय सरकारका प्रमुखहरु र वडा सदस्यसम्मलाई राजिनामाको पत्र पठाएको जनपरिषद् प्रमुख सिंहले बताए ।
आफ्नो पार्टीले कथित चुनावको नाटकलाई खारेज गर्ने निर्णय गरेकाले त्यस्तो चुनावलाई वैध मान्न नसकिने उनले बताए । आफ्नो पार्टीको अनुरोधलाई बेवास्ता गरे राष्ट्र, जनता । जनसत्ताको विरोधीको रुपमा जनकारबाही गरिने समेत उनले बताए ।

Shares

Be the first to comment on "दोलखाका जनप्रतिनिधिको मागियो राजिनामा"

Leave a comment

Your email address will not be published.


*