कबि –मान बहादुर खडका
कर्णालीमा हजारौं दुखहरु
खुला आकाश मुन्तिर लाम बस्छन
चाउचाउ चिउरा राहतको लाम…
रुखमा मेवा फले जसरी
काँधमा काखमा पेटमा पिठ्युंमा
भोका केटाकेटी बोकेका आमाहरु
थाप्लोमा नाम्लो पिठ्युंमा भारी
काँधमा पुरानो बाकस बोकेका बा हरु
केहि सपना उतै मुग्लानमा छोडेर
केहि सपना गाँउको बाँझो पाखोमा छर्न
तिर्खा सँग लामो यात्रा गरिरहेछन
कर्णाली वरपरको देशको सिमानामा
रात जति लामो भए पनि
बिहान अबस्य आउछ रे
तर बिहान उज्यालो लिएर कहिल्य आउछ-
टेलिभिजन रेडियोले समचार भन्दैनन
चिउरा दालमोठ सित बल्ल रात कटे पनि
बिहान झ्याल बाहिर दुखहरु लाम बस्छन
जिवन एस्तै कुरुप छ
र मृत्यु पनि सुन्दर छैन भने
तिमि सँग एउटा अनिश्चित बाध्यता
छाती भित्र गाडिएर बस्छ
र पनि जिवन बाँकी छ
सपनाहरु बाँकी छन
एक दुइ वटा फूल झरेर पनि
फूल हरु शोक मान्दैनन
बरु अरु कोपिलाहरु फुल्छन
एक दुइ वटा सपना मर्दैमा
सपनाहरु सकिंदैनन
मुग्लान देखी गाँउ सम्मको बाटोमा
उनिहरु कुनै नयाँ सपना खोज्दै
हिंडिरहेछन निरन्तर हिंडिरहेछन।
Be the first to comment on "दुखको लाईनमा उभिएर"