चरिकोट । संख्या न्यूनीकरण तथा रेविज नियन्त्रण गर्ने मुख्य उद्देश्यका साथ दोलखाको भीमेश्वर नगरपालिकामा सञ्चालित निशुल्क सामुदायिक कुकुर बन्ध्याकरण शिविरमा ९५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ।
नगरपालिकाको प्रांगणमा सोमबार देखि तीन दिनका लागि सञ्चालन गरिएको शिविरमा आज दोस्रो दिन सम्म गरि ९५ वटा कुकुरहरुको बन्ध्याकरण गरिएको हो ।
समोबार पहिलो दिन २६ वटा पोथी र १८ वटा भाले गरि जम्मा ४४ वटा कुकुरहरुको अपरेसन गरि बन्ध्याकरण गरिएको थियो।
त्यसैगरी आज दोस्रो दिन २७ वटा भाले र २४ वटा पोथी गरि जम्मा ५१ वटा कुकुरहरूको बन्ध्याकरण गरिएको हिमालयन एनिमल रेस्क्यू ट्रस्ट ९हर्ट० का सञ्चालक निर्देशक खगेश्वर भट्टराईले जानकारी दिनुभयो ।
भीमेश्वर नगरपालिकाको आयोजना र हिमालयन एनिमल रेस्क्यू ट्रस्ट ९हर्ट० को सह आयोजनामा सञ्चालित शिविरमा दुई जना पशु चिकित्सक, दुई जना भेटेनरी टेक्निसिय सहित जम्मा १२ जनाको टोलिले कुकुर जम्मा गर्नेदेखि अपरेसन सम्मको काम गरिरहेका छन्।
६ गतेसम्म चल्ने शिविरमा भाले, पोथी दुवै कुकुरहरुको बन्ध्याकरण गर्नुका साथै रेविज विरुद्धको खोप लगाइने हर्टका सञ्चालक निर्देशक भट्टराईले जानकारी दिनुभयो।
सबै काम निशुल्क हुने बताउँदै उहाँले समुदायमा कुकुर पालकहरु भएमा शिविर रहेको स्थान भीमेश्वर नगरपालिकाको कार्यलयमा लिएर आउन समेत अनुरोध गर्नुभयो ।
त्यसैगरी शिविरमा ल्याइएका अधिकांश पोथी कुकुरलाई संगीनी सुई लगाइएको पाइएको छ।
परिवार नियोजनका लागि महिलाहरूले प्रयोग गरिने तीनमहिने सुई ९संगिनी,डिपो० नै कुकुरुलाई लगाएपछि अधिकांश पोथी कुकुरलाई पायोमेट्रा ९पाठेघरमा पिप जमेको० भएको हर्टका सञ्चालक निर्देशक भट्टराईले जानकारी दिनुभयो । ूबन्ध्याकरणको सजिलो उपाय सोचेर कुकुर पालकहरुले संगीनी सुइ कुकुरमा लगाउँदा एक पटकको लागि रोकथामको काम गरेपनि बिस्तारै कुकुरको पाठेघर विगार्नुका साथै कुकुरको ज्यानै जाने खतरा छ।ू उहाँले भन्नुभयो, ूकुकुरको अपरेसन गरेर बन्ध्याकारण गर्ने बाहेक अन्य उपाय छैन।ू
Be the first to comment on "९५ कुकुरको बन्ध्याकरण"