दुई जना संक्रमण मुक्त

दीक्षण समाचार
चरिकोट, पुस २९
दोलखामा कोरोना संक्रमित भएका दुई जना बिहीबार निको हुनु भएकाे छ। स्वास्थ्य कार्यालय दोलखाको अद्यावधिक विवरणमा जिरी नगरपालिकाका एक पुरुष र एक महिला निको हुनुभएको उल्लेख छ । १३ जना सक्रिय संक्रमित रहेकोमा दुई जना निको भएपछि ११ जना संक्रमित निको हुन बाँकी हुनुहुन्छ । कार्यालयको अनुसार जिरी नगरपालिकामा बैतेश्वर गाउँपालिकामा दुई जना, तामाकोशीमा एक र गौरीशंकर गाउँपालिकामा दुई जना सक्रिय संक्रमित हुनुहुन्छ । पछिल्लो समय दोलखामा कोरोना संक्रमित पहिचानको लागि परीक्षण कार्य हुन सकेको छैन । आवश्यक परेको खण्डमा चरिकोट अस्पतालमा पिसिआर परीक्षण र गाउँपालिका स्तरमा एन्टिजेन प्रविधिको उपयोगबाट कोरोना परीक्षण र पहिचान गरिने स्वास्थ्य कार्यालय प्रमुख अर्जुन पौडेलले जानकारी दिनुभयो । विश्वभर फैलिरहेको ओमिक्रोन नामक कोरोनाको नयाँ भेरियन्टले आतङ्कित बनाएको बेला नेपालमा पनि यसको प्रवेशसँगै प्रभाव देखिन थालेको छ । जसले गर्दा दोलखामा पनि यसको प्रवेश हुनसक्ने भन्दै सर्तकता त पूर्व तयारी थालिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिडिसिएमसी) को बुधबार सम्पन्न बैठकले यसअघि तयार गरिएको आइसोलेसन, क्वारेन्टाइन र कोभिड विशेष अस्पताललाई व्यवस्थापन र तयारी अवस्थामा राख्ने निर्णय भएको छ । त्यसैगरी २५ जना बढी भेला हुन रोक लगाइएको छ, भने  पूर्व निर्धारित परीक्षा नरोक्ने तर माघ १५ सम्म विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।

Shares

Be the first to comment on "दुई जना संक्रमण मुक्त"

Leave a comment

Your email address will not be published.


*