दिल्लीले सन्दीपलाई भन्यो– धन्यवाद सन्दीप ! तिमी असाधारण खेलाडी हौ, अर्को सिजनमा दिल्लीको रङमा फर्काउनेछौं

Sandeep Lamichhane of the Delhi Daredevils celebrates after taking the wicket of Suresh Raina of the Chennai Super kings during match fifty two of the Vivo Indian Premier League 2018 (IPL 2018) between the Delhi Daredevils and the Chennai Super Kings held at the Feroz Shah Kotla Ground, Delhi on the 18th May 2018. Photo by: Deepak Malik /SPORTZPICS for BCCI

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर मंगलबार स्वदेश फर्किएका छन् । दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेलेका सन्दीप अपरान्ह स्वदेश आइपुगेका हुन् ।

सन्दीप दिल्लीबाट जेट एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लँदै गर्दा दिल्ली डेयरडेभिल्सले भने सामाजिक संजालबाट सन्दीपलाई धन्यवाद दिएको छ । दिल्लीले आफ्नो अफिसियल ट्वीटर पेजबाट सन्दीपलाई धन्यवाद सन्देश दिँदै आगामी सिजन पनि दिल्लीमा रहने विश्वास व्यक्त गरेको छ ।

सन्दीपले नेपालको शीर उचो बनाएको र तीनै खेलमा विकेट लिएको जनाउँदै सन्दीपसँग पर्फर्मेन्स र  प्यासन दुवै भएको समेत जनाएको छ ।  दिल्लीले सन्दीपलाई मेन्सन गर्दै लेखेको छ, “सन्दीप किशोर असाधारण खेलाडी हुन् । उनको प्रतिनिधित्वमा हामीलाई गर्व छ ।  उनको प्रयासलाई हामी धन्यवाद दिन चाहन्छौं र अर्को सिजन दिल्लीको रंगमा उनलाई फर्काउनेमा आशावादी छौं ।”

दिल्लीको टोलीबाट सुरुवाती खेल खेल्न नपाएको सन्दीपले अन्तिम ३ खेल खेलेका थिए । आईपीएलको अक्सनबाट २० लाख भारुमा दिल्लीमा आबद्द भएका सन्दीपलाई दिल्लीले प्ले अफमा पुग्न असफल भएपछि मौका दिएको थियो ।

दिल्ली यो सिजन समूह चरणको खेलमा पुछारमा रहँदै प्ले अफ पुग्न असफल भएको थियो । तर, सन्दीपले खेलेका तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए । रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध डेब्यु गरेका सन्दीपले ४ ओभरमा मात्र २५ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यस्तै, चेन्नई सुपर किंग्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिएका थिए । अन्तिम खेलमा साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध सन्दीपले ३ विकेट लिएका थिए । उनले ४ ओभरमा ३६ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिएका हुन् ।

१७ बर्षीय सन्दिप आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् । यू – १९ टोलीका कप्तान समेत रहेका सन्दिप यसै सिजन क्यारेबियन प्रिमियर लिगमा समेत आबद्द भएका छन् ।

Shares

Be the first to comment on "दिल्लीले सन्दीपलाई भन्यो– धन्यवाद सन्दीप ! तिमी असाधारण खेलाडी हौ, अर्को सिजनमा दिल्लीको रङमा फर्काउनेछौं"

Leave a comment

Your email address will not be published.


*