चरिकोट – दोलखामा समुदाय स्तरमा फेरि काेराेना सक्रमण बढ्न थालेकाे छ । दाेलखामा आज ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्ला भर ८८ जनामा गरिएको एन्टिजेन्ट परिक्षणमा ४७ जनामा काेराेना पुष्टि भएको स्वास्थ्य कार्यलय दाेलखाले जनाएको छ । जसमा कालिन्चोक गाउँपालिकाका २ पुरुष, भिमेश्वर नगरपालिकाका १२ महिला ८ परुष, जिरी नगरपालिकाका ५ पुरुष र ६ महिला, शैलुङ गाउँपालिकाका ५ महिला ५ पुरुष, तामाकोशी गाउँपालिका २ महिला, बैतेश्वर गाउँपालिका १ पुरुष, विगु गाउँपालिका १ महिला रहेका छन् । योसँगै जिल्ला सक्रिय संक्रमितको संख्या १ सय ६३ पुगेको कार्यालयले जनाएको छ । संक्रमित सबै होम आइसोलेसनमा बसिरहेका छन् । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य भएकोले होम आइसोलेसनमा बसेका हुन् । संक्रमण भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालको उपचार आवश्यकता नभएपछि संक्रमितहरु होम आइसोलेसनमा सुरक्षित बसिरहेको स्वास्थ्य कार्यालयका प्रमुख अर्जुन पौडेलले बताउनुभयो ।
दाेलखामा ४७ जनामा काेराेना सक्रमण पुष्टि
Posted By: दीक्षण दैनिक ९ माघ २०७८, आईतवार १५:१६
६ मंसिर २०८१, बिहीबार १९:१३
ePAPER 2081/08/06
६ मंसिर २०८१, बिहीबार १८:४१
नेकपा(विप्लव) दोलखाका १६ नेताले दिए राजीनामा
६ मंसिर २०८१, बिहीबार १८:४७
गौरीशंकर गाउँपालिकाको उपप्रमुख पदका लागि १६ जनाको उम्मेद्वारी कायम
६ मंसिर २०८१, बिहीबार १८:४३
५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरिने
६ मंसिर २०८१, बिहीबार १८:३८
जिरी नगरले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छः अर्थमन्त्री पौडेल
७ मंसिर २०८१, शुक्रबार १३:०२
Be the first to comment on "दाेलखामा ४७ जनामा काेराेना सक्रमण पुष्टि"