चरिकोट (दीस) –दोलखाका विभिन्न पालिकामा १सय ५४ जनामा गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको ५ स्थानीय तहले विदेशबाट आएर १४ दिन कटेको र २१ दिन नपुगेकालाई आरडीटी प्रविधिबाट सुरु गरेको कोरोना संक्रमणको १सय ५४ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
दोलखामा बुधबारबाट आजसम्म गरिएको टेष्टमा १सय ५४ जनामा गरेको आरडीटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए ।
Be the first to comment on "दाेलखामा १सय ५४ जनाकाे रिपाेर्ट नेगेटिभ"