चरिकाेट (दीस ) -जेठ ७,। दोलखामा पहिलोपटक कोरोना भाइरस संक्रमणको आरडीटी परीक्षणको रिपोर्ट ‘पोजेटिभ’ आएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा बुधबार ९७ जनामा आरडीटी परीक्षण गरिएकोमा एकजना पुरुषको रिपोर्ट ‘पोजेटिभ’ देखिएको संकट व्यवस्थापन समिति दोलखाका प्रवक्ता विभुकुमार झाले जानकारी दिए ।
आरडीटी ‘पोजेटिभ’ देखिएका पुरुषलाई प्राथमिक स्वास्थ्य केन्द चरिकोटको आइसोलेसनमा राखिएको छ । ति पुरुषबाट बिहिबार बिहानै घाँटीको ¥याल संकलन गरेर पीसीआर परीक्षणको लागि धुलिखेल अस्पताल पठाईने प्रवक्ता झाले जानकारी दिए ।
यसअघि पाँचपटक गरी दोलखा जिल्लाबाट पठाईएको १५ जनाको कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । ट्राभल हिस्ट्री भएका सहित लकडाउनमा दोलखा आएका १२२ महिला र ४४२ पुरुष गरी ५६४ जनामा गरिएको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।
Be the first to comment on "दाेलखामा देखियाे आरडीटी परीक्षणको रिपोर्टमा एकजनामा ‘पोजेटिभ’"