चरिकोट – गठबन्धनले स्थानीय तहको निर्वाचनको लागि दोलखा जिल्लामा नगरपालिका र गाउँपालिकाको उम्मेदवारहरू बाँडफाँड गरेको छ । दाेलखामा कांग्रेसले कांग्रेसले ४ माअाेबादी केन्द्रले ३ र नेकपा एकीकृत समाजवादीले २ पालिकाकाे प्रमुख पाएका छन् ।
दोलखामा नौ स्थानीय तहमध्ये जिरी नगरपालिकाको प्रमुख कांग्रेसले पाएको छ भने उपप्रमुख नेकपा माओवादी केन्द्रले पाएको छ ।
यस्तै, कालिन्चोक गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्र, गौरीशंकर गाउँपालिका अध्यक्ष माओवादी केन्द्र उपाध्यक्ष नेपाली कांग्रेस, तामाकोशी गाउँपालिका अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष कांग्रेस, बैतेश्वर गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्र, शैलुङ गाउँपालिका अध्यक्ष माओवादी केन्द्र उपाध्यक्ष कांग्रेस, मेलुङ गाउँपालिका अध्यक्ष एकीककृत समाजवादी र उपाध्यक्ष कांग्रेस, बिगु गाउँपालिका अध्यक्ष माओवादी केन्द्र उपाध्यक्ष कांग्रेस र भिमेश्वर नगरपालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादी केन्द्रले पाएको छ ।
यसैगरी पाँचदलीय संयन्त्रले जिल्ला समन्वय समिति प्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ भने उप-प्रमुख एकीकृत समाजवादीलाई दिने भएको छ ।
Be the first to comment on "दाेलखामा गठबन्धनकाे यस्तो छ भागवण्डा"