इश्वर बिश्वकर्मा
चरिकोट, बैशाख २९
विश्वभर फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले दोलखामा पनि आतङ्क मच्चाइरहेको छ । कन्ट्याक्ट टे«सिङ, स्वाब संकलन र पिसीआर परीक्षणको दायरा बढ्न थालेसगैँ केहि साता यता जिल्लामा दैनिक ३० देखि ४० जनासम्म नयाँ कोरोना संक्रमित फेला पर्न थालेका छन् । जिल्लाको भीमेश्वर र जिरी नगरपालिका, शैलुङ, मेलुङ, बैतेश्वर, कालिन्चोक, विगु र तामाकोशी गाउँपालिका गरी ८ वटा पालिकामा कोरोना संक्रमित फेला परेका छन् । उत्ता गौरीशंकर गाउँपालिका भने हालसम्म सुरक्षित मानिएको छ । किनकी पालिकाले स्वाब संकलन तथा पिसिआर परीक्षणमा तदारुकता नदेखाउदाँ संक्रमित शुन्य रहेका छन् । स्वास्थ्य कार्यालय दोलखाको मँगलबारकाे आद्यवधिक तथ्याङ्क अनुसार जिल्लामा ८ पालिकाका गरी २ सय २३ जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये २१ जना अस्पतालमा उपचाररत रहेका छन् । बाँकी २ सय २ जनाको सामान्य लक्षण भएको र स्वास्थ्य अवस्था सामान्य कारण होम आइसोलेशन बसेका छन् ।
अन्य जिल्लामा होम आइसोलेशनमा बसिरहेका कोरोना संक्रमितलाई वेवास्ता गरिएको भन्ने गुनासो आइरहेको बेला दोलखामा भने त्यस्तो समस्या नभएको स्थानीय तहका स्वास्थ्य संयोजकहरुले दाबी गरेका छन् । पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपनि लक्षण नदेखिएका र तथा रक्तचाप, तापक्रम र अक्सिजनको मात्र ठिक भएका व्यक्तिहरु संक्रमण मुक्त हुने आशासहित स्वेच्छाले होम आइसोलेशनमा बसेका हुन् । होम आइसोलेशनमा बसिरहेका कोरोना संक्रमितलाई उनिहरुकै परिवारले आवश्यक खानपानको व्यवस्थासहित हेरचाह तथा निगरानी गर्ने गरेका छन् । ति संक्रमितले अस्पताल जान चाहेमा वा संक्रमितको स्वास्थ्यमा समस्या आएमा तत्कालै एम्बुलेन्समार्फत् उद्धार गरी पालिकास्तरीय आइसोलेशन वा अस्पताल भर्ना गर्न सकिने बताइएको छ । नत्र भने होम आइसोलेशनमा रहेका संक्रमितले स्वास्थ्यकर्मीहरुको सिफारिसमा सामान्य औषधी र मनोपरामर्श सेवा दिइएकाे खण्डमा कोरोना जित्न सक्ने दाबी गरिएको छ । जिल्लाका स्थानीय तहका स्वास्थ्य संयोजकहरुका अनुसार होम आइसोलेशनमा रहेका सक्रिय कोरोना संक्रमितहरुलाई उनिहरु स्वस्थ नभइन्जेलसम्म फ्लोअप गरिरहेको जिकिर गरेका छन् । संक्रमितहरुको स्वास्थ्य अवस्था बारे स्वास्थ्यकर्मीले फोन मार्फत् जानकारी लिइरहेको र आवश्यक परामर्शका साथै सामान्य समस्या नियन्त्रणका लागि आवश्यक औषधी उपलब्ध गराउने गरिएको स्वास्थ्य संयोजकहरुले दाबी गरेका छन् ।
तामाकोशी गाउँपालिकामा मँगलबारसम्मको तथ्याङ्क अनुसार २० जना सक्रिय कोरोना संक्रमित रहेकामा १ जना अस्पतालमा रहेका छन् । बाँकी १९ जना होम क्वारेन्टाइमा रहेका छन् । तामाकोशी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक अरुण कुमार मिश्रका अनुसार होम आइसोलेशनमा बसेका संक्रमित वा संक्रमितको हेरचाह गर्ने व्यक्तिलाई वडामा रहेका स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मीले संक्रमित बसेको घरमा नै पुगेर आवश्यक परामर्श सेवाका साथै औषधी वितरण गर्ने गरेका छन् । संक्रमितले लक्षण अनुसारको औषधि सेवन गर्न सक्दछन् । साथै संक्रमितहरुको स्वास्थ्य अवस्था कस्तो छ भन्ने जानकारी लिन स्वास्थ्यकर्मीले नै संक्रमित वा उनका परिवारलाई दैनिक फोन गर्ने गरेका छन् । उनिहरुको स्वास्थ्य अवस्थामा अवस्था असामान्य हुन थालेमा तत्काल उद्धार गरि अस्पताल ल्याउन सकिने स्वास्थ्य संयोजक मिश्रले बताए । उनले अब थपिने र केही दिन होम आइसोलेसनमा बसेका संक्रमितलाई तापक्रम नाप्नका लागि थर्मामिटर उपलब्ध गराइने बताए । यस्तै मेलुङ गाउँपालिकाले पनि लक्षण अनुसारको औषधि सेवनको लागी होम आइसोलेशनमा रहेका संक्रमितलाई औषधि वितरण गर्ने गरेको छ । साथै संक्रमितको अवस्था बारे स्वास्थ्यकर्मीहरुले फोन मार्फत दिनहुँ जानकारी लिने गरेको स्वास्थ्य शाखा संयोजक हरिराम चापागाईँले बताए । पालिकामा सोमबारसम्ममा ११ जना सक्रिय संक्रमित रहेकोमा २ जना चरिकोट अस्पतालमा भर्ना भएका छन् । भने १ जना पालिकास्तरीय क्वारेन्टाइमा बसेका र बाँकी ८ जना होम आइसोलेशनमा रहेको उनले बताए ।
त्यस्तै बैतेश्वर गाउँपलिकाले पनि वडाका स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले संक्रमितको अवस्थाबारे फोनमार्फत जानकारी लिने गरेको बताए । बैतेश्वर गाउँपालिकामा संक्रमितको संख्या २३ रहेकोमा १ जना अस्पतालमा उपचाररत छन् । २२ जना होमआइसोलेशनमा रहेका छन् ।
शैलुङ गाउँपालिकाका मँगलबारसम्ममा २१ जना सक्रिय संक्रमित रहेकामा ५ जना चरिकोट अस्पतालमा भर्ना भएका छन् । बाँकी १६ जना होमआइसोलेशनमा रहेका छन् । पालिकाका स्वास्थ्य संयोजक विष्णु बहादुर कार्कीका अनुसार ति व्यक्तिहरुको स्वास्थ्यअवस्थाबारे महिला स्वास्थ्य स्वयमसेविका र वडाको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले रिपोर्टिङ गरिरहेका छन् । संक्रमितहरुलाई सामान्य किसिमका लक्षण भएमा त्यसको नियन्त्रणका लागी औषधि उपलब्ध गराइएको छ । साथै उनिहरुको तापक्रम परीक्षणका लागी सबैलाई थर्मामिटर उपलब्ध गराइएको छ । संक्रमितहरुले चाहेको खण्डमा स्वास्थ्यकर्मीहरुले घरमैँ पुगेर उनिहरुको अक्सिजनको अवस्था बुभm्न सक्ने स्वास्थ्य संयोजक कार्कीले बताए । उनका अनुसार पालिकामा ८ वटा स्वास्थ्यसंस्था रहेका छन् । ति स्वास्थ्यसंस्थामा केही दिन अघि १–१ वटाको दरले पल्स अक्सिमिटर उपलब्ध गराइएको छ । पालिकामा ६ वटा स्वास्थ्य चौकी, २ वटा आधारभूत स्वास्थ्य केन्द्र र २ वटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन् ।
यता भीमेश्वर नगरपालिकाकामा सक्रिय संक्रमितको संख्या ९५ जना रहेकोमा ९ जना अस्पताल र ८६ जना होम आइसोलेशनमा रहेका छन् । नगरपालिकामा स्वास्थ्यकर्मी सहितको कन्ट्याक्ट ट्रेसिङ गर्ने टोलीले होम आइसोलेशनमा रहेका सक्रिय संक्रमित व्यक्तिहरुको पm्लोअप गरिरहेको नगर स्वास्थ्य शाखा संयोजक श्याम बहादुर खड्काले दाबी गरेका छन् । “कोरोना संक्रमित वा उनको हेरचाहमा खटिएका व्यक्तिले आवश्यक परामर्श लिन फोन सम्पर्क गर्ने गर्छन् ।” स्वास्थ्य संयोजक खड्काले भने “नत्र हामीले व्यक्ति संक्रमित भएको ३ दिनपछि र ७ दिनपछि सम्पर्क गर्ने गरेका छौँ । उनिहरुलाई जटिल अवस्था आएको खण्डमा अस्पताल ल्याउनका लागी एम्बुलेन्स आइसोलेशनमै पुग्छ ।” त्यस्तै जिरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पालिकाको होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितहरुको जानकारी लिने गरेको छ । जहाँ २८ जना कोरोना संक्रमित रहेकोमा जिरी अस्पतालमा २ जना उपचाररत छन् । बाँकी २६ जना होम आइसोलेशनमा छन् । कालिन्चोक गाउँपालिकाका स्वास्थ्य संयोजक शुसिल कुमार श्रेष्ठका अनुसार प्रत्येक २ दिनको अन्तरालमा होम आइसोलेशनमा रहेका सक्रिय कोरोना संक्रमितहरुको अवस्थाबारे जानकारी लिइन्छ । स्वास्थ्यकर्मीहरुले फोनबाटै उनिहरुमा भएका समस्याहरु पहिचान तथा समाधानकोे लागि आवश्यक परामर्श दिने गरेका छन् ।
कालिन्चोक गाउँपालिकामा संक्रमितको संख्या १९ जना रहेकामा सबै होम आइसोलेशनमा रहेका छन् । भने जिल्लाको विगू गाउँपालिकामा ६ जना संक्रमित भएकोमा १ जना अस्पतालमा उपचाररत रहेका छन् । बाँकी ५ जना होम आइसोलेशनमा रहेका छन् ।
जिल्लाका केही पालिकाबाहेका सबै पालिकामा संस्थागत आइसोलेशन रहेका छन् । तर त्यहाँ पर्याप्त मात्रमा आवश्यक पूर्वाधार तथा जनशक्तिको व्यवस्था गरिएको छैन् । नाममात्रको आइसोलेशन बनेका छन् । जसले गर्दा ति आइसोलेशनमा कोरोना संक्रमित बसेका छैनन् । साथै सबै पालिकाहरुमा क्वारेन्टाइन निर्माण गरिएको छ । तर त्यहाँ कोही पनि बसको छैनन् । सबै होम आइसोलेशनमा बसेका छन् । यस्तो अवस्थामा अन्य व्यक्ति तथा परिवारलाई कोरोना संक्रमण सर्नेमात्र होइन, संक्रमित स्वयमलाई उच्च जोखिम हुनेहुँदा उच्च सतर्कताका अपनाउदैँ स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहनुपर्ने जानकारहरु बताउँछन् ।
Be the first to comment on "दाेलखामा हाेम आइसोलेशनका कोरोना संक्रमितलाई स्वास्थ्यकर्मीले गर्छन्, फोन"