चरिकोट(दीस)–दोलखाका स्थानीय तहले जिल्ला भित्र कोरोनाकाे उपचार तथा पीसीआर टेष्ट निशुल्क गर्ने निर्णय गरेका छन । आज जिल्ला प्रशासन कार्यालय दोलखामा जिल्ला भित्रका ९ स्थानीय तहको सहित बसेको विपद्ध ब्यबस्थापन समितिको बैठकले सो निर्णय गरेको हाे । बैठकमा सहभागि शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलालका अनुसार कोरोनाको उपचार जिल्ला भित्र गर्नु परेमा उपचारमा लाग्ने खर्च सम्बन्धीत गाँउपालिकाले बेहोर्ने निर्णय भएको छ । जिल्लामा नै उपचार नभएमा बाहिर जिल्लामा उपचार गर्नु परेमा दश हजार रुपैया बेहोर्ने निर्णय भएकोअध्यक्ष दुलालले जानकारी दिए । पीसीआर टेष्ट गर्दा सम्बन्धीत गाउँपालिकाको सिफारिसमा गर्ने र सो टेष्ट गर्दा लाग्ने खर्च सम्बन्धीत स्थानीय सरकारले बेहाेर्ने निर्णय भएको छ ।
बैठकले जिल्लामा रहेको कोरोना महामारी कोषमा रकमबाट सबै पालिकाको टेष्टमा लाग्ने खर्च बेहाेर्ने निर्णय भएकाे छ ।रकम अपुग भएमा स्थानीय तहले थप गर्दै जाने निर्णय भएको छ । शुक्रबार र सोमबार चरिकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा र बुधबार दोलखामा रहेको धुलिखेल अस्पताल र किर्नेमा स्वाब संकलन गर्ने निर्णय भएको छ ।त्यसैगरी गरि बैठकले पसलमा अनिवार्य मास्क र सेनिटाइजरको ब्यबस्था गर्नुु पर्ने निर्णय गरेको अध्यक्ष दुलालले बताए ।कोरोना नियन्त्रण गर्न सबैलाई साबधानि अपनाउन अनुरोध गरेको उनले बताए ।पीसीआर टेष्टको लागि स्वाब दिएकाले रिपोर्ट नआउन्जेल अनिवार्य होम क्वारेन्टाइन बस्नु पर्ने निर्णय गरेको दुलालले बताए ।
Be the first to comment on "दोलखाका स्थानीय तहले जिल्ला भित्र कोरोनाकाे उपचार तथा पीसीआर टेष्ट निशुल्क गर्ने"