इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ४
डिभिजन वन कार्यालय दोलखाले प्राकृतिक सम्पदाको प्रमुख स्रोतको रुपमा रहेको वनलाई निरन्तर संरक्षण, व्यवस्थापन र प्रबर्द्धन गरिरहेको छ । प्रदेश सरकार मातहतमा रहेको यो कार्यालयले हरियो वन नेपालको धन भन्ने मान्यतालाई आत्मसाथ गर्दै उपभोक्ता र स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा सो कार्यहरुलाई निरन्तरता दिईरहेका हो ।
गत वर्षहरुमा झैँ चालु आव २०७८÷०७९ मा पनि कार्यालयले राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम, वातावरण संरक्षण तथा शहरी वन कार्यक्रम, पर्यटन प्रर्बद्धन तथा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विविध गतिविधि कार्यान्वयन तथा सञ्चालन गरिरहेको छ । उपभोक्तासँगको सहकार्य र सक्रियतामा यी कार्यक्रमहरु सञ्चालन गरिने र उपभोक्ताहरुलाई सजग तथा सक्रिय बनाउने भएकाले वनको हैसियतमा राम्रो सुधार भई वातावरणको संरक्षण हुनुका साथै वनको घनत्वमा समेत बृद्धि हुने कार्यालयका प्रमुख शिव सापकोटाले बताउनुभयो ।
राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत कार्यालयले विभिन्न बिरुवा खरीद गरी बृक्षरोपण गरिने छ । एकै स्थानको पाँच हेक्टर क्षेत्रफलको वनमा फलफुल विरुवा तारवार सहित रोप्ने, वन क्षेत्रभित्रको एउटा खहरेखोल्सामा कम्तिमा दुई सय वटा बाँस, राइजोमको बिरुवा रोप्ने, अतिक्रमण हुन सक्ने संवेदनशील वन क्षेत्रमा वन क्षेत्रको जग्गा छुट्याई ईमिली, हाईब्रिड, अमला, बयर, जामुन लगायतका पाँच सय वटा बिरुवा रोपिने कार्यालयले कार्यालय प्रमुख शिव सापकोटाले बताउनुभयो ।
वन क्षेत्रभित्र पर्ने विद्युतिय हाईटेन्सन लाईन मुनीको खाली जग्गामा ईमिली, हाईब्रिड अमला, बयर, कागती, ओखर लगायतका फलफूलको बिरुवा रोप्ने, निजी, कबुतियती वन, खोरिया फडानी र भु–संरक्षणका दृष्टिले संवेदनशील क्षेत्रलाई कृषि वनमा रुपान्तरणको लागि अमृसो रोप्ने तथा दुई हेक्टर एकै स्थानको सामुदायिक वनमा फलफुल बिरुवा रोप्ने बताइएको छ । त्यसैगरी सामुदायिक वनमा फलफुल विरुवा खरीद, रोपण तथा बितरण, कवुलियती वनमा कागती वा जुनारको विरुवा वृक्षारोपण कार्यक्रम, ५ प्रतिशत भन्दा कम छत्र घनत्व भएको क्षेत्रमा कबुलियती वन क्षेत्रभित्र फलफूल बिरुवा खरीद तथा रोपण, सामुदायिक वन क्षेत्र भित्र स्थानीयतहको समन्वयमा हानीकारक वन्यजन्तु पहिचान गरी आहार व्यवस्थापनको लागि वृक्षारोपण गरिने भएको छ ।
बृक्षारोपण बाहेका यस कार्यक्रम अन्तर्गत विगतका वर्षहरुमा बृक्षारोपण भएको सामुदायिक वन तथा अन्य वनमा थिनिङ तथा सुधार कटान, रोटेसनल फेलिङ्ग कार्यक्रम गरिने, जिल्लाको सिंगटी, कालिन्चोक क्षेत्रमा पाइने जडिबुटीको औषधीसम्बन्धि अध्ययन गर्ने कार्यक्रम समावेश गरिएको छ । त्यसैगरी रेडपाण्डा संरक्षण कार्यक्रम कार्ययोजनामा उल्लेख भए बमोजिम गरिने बताइएको छ ।
वातावरण संरक्षण तथा शहरी वन कार्यक्रमकार्यक्रम अन्तर्गत विद्यालयको जग्गामा बृक्षारोपणको लागि प्रति विद्यालय एक सय वटा फलफूलको बिरुवा वितरण, केन्द्रिय तथा हाईटेक नर्सरीमा बहुवर्षीय विरुवा उत्पादन, एक स्थानिय तह एक नर्सरी संचालन तथा विरुवा उत्पादन कार्यक्रम गरिने भएको छ । यस कार्यक्रम स्थानीय तह र प्रदेश सरकारको लागत साझेदारी तथा सम्बन्धित सबडिभिजनको प्राबिधिक सहयोगमा सञ्चालन हुने छ । प्रदूषण नियन्त्रण, वातावरण संरक्षण तथा वातावरणीय प्रतिवेदन कार्यान्वयनकोस्थलगत अनुगमन तथा नियमन, वातावरण संरक्षण तथा सरसफाईका लागि यूवा विद्यार्थि, महिला समूह, आमा समूह, वन समूह लगायतलाई समावेश गरी स्वयम् सेवक परिचालन, नदि जन्य पदार्थमा आधारित उद्योगको वातावरणीय अध्ययन प्रतिवेदनको अनुगमन तथा प्रतिवेदन तयारी गरिने छ ।
पर्यटन पूर्वाधार निर्माण गरिदैँ
वन संरक्षण, व्यवस्थापन तथा प्रवद्र्धन मात्र होइन डिभिजन वन कार्यालयले पर्यटन प्रबर्द्धन तथा पूर्वाधार विकास कार्यक्रम पनि सञ्चालन गरिहेको छ । यस कार्यक्रम अन्तर्गत यो वर्ष १० वटा योजना तथा कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।
भीमेश्वर नगरपालिका–४ स्थित पाण्डब पार्क निर्माण, शंङखोला चोक सांकृतिक पदमार्ग निर्माण, तामाकोशी गाउँपालिकामा कालिदेवी–देउराली गढी –हिलेगढी पदमार्ग, शैलुङ गाउँपालिकामा फुर्के सल्ला शैलुङ पदमार्ग निर्माण, सोही पालिकामा ऐतिहासिक गोल्मा राजा गोल्मारानी मन्दिर र छोर्तेन निर्माण, भद्रावती कुण्ड निर्माण, तामाकोशी देउराली गढी हिले पदमार्ग, भीमेश्वर नगरपालिका–६ मा देउराली पिकनिक स्पट निर्माण, चरिकोट, टँुडिखेलको अखण्ड कोटीहोमको पूर्वाधार निर्माण, , वैतेश्वर गाउँपालिका–६, नाम्दुमा वृहद वुद्ध पार्क निर्माण कार्य सञ्चालन हुने बताइएको छ । यी १० वटै योजना तथा कार्यक्रमको लागि एक करोड ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
Be the first to comment on "दाेलखाका डाँडापाखा हराभरा बनाइदैँ, पर्यटन प्रबर्द्धन गरिदैँ"