दश प्रतिशत शै®या विपन्न नागरिकलाई निःशुल्क छुट्याई उपाचार गर्न निर्देशन

चरिकोट (दीस) ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शै®या विपन्न नागरिकलाई छुट्याई निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । आइतबार मन्त्रालयले सुचना जारी गर्दै निःशुल्क रुपमा विपन्न बिरामीको उपचार गर्न निर्देशन दिइएको छ ।
आइतबार मन्त्रालयले पुनः पत्र जारी गर्दै सरकारी, सामुदायिक तथा निजी अस्पताल र सबै स्थानीय तहलाई विपन्न र लक्षित वर्गका लागि १० प्रतिशत शै®या छुट्याएर निःशुल्क सेवा दिन निर्देशन दिएको जनाइएको छ । मन्त्रालयद्वारा जारी सुचनामा “जन स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ मा भएको व्यवस्था बमोजिम नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ स्वीकृत भै कार्यान्वयनमा रहेको” जनाइएको छ । “मापदण्डको दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीको लागि कुल शै®याको १० (दश) प्रतिशत छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा गराउनु पर्नेछ ”भनी उल्लेख गरिएको जनाइएको छ ।
जारी सुचनामा अर्को व्यवस्था नभएसम्म ऐन तथा मापदण्डमा भएको विपन्न, असहाय र बेबारिसे बिरामीको सिफारिस सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट पुष्टि गर्नु पर्ने जनाइएको छ । मापदण्ड कार्यान्वयन भए नभएको मन्त्रालयले अनुगमन गर्ने जनाइएको छ ।
स्वास्थ्य मन्त्री मोहन बस्नेत बहाली भएको दिन नै यो निर्णय भएकोले निर्णय कार्यान्वयन गर्न सबै स्वास्थ्य संस्थालाई अनुरोध गरिएको सुचनामा उल्लेख गरिएको छ । यो साता नै मापदण्ड कार्यान्वयन गर्न काठमाडौ नगरपालिकाका मेयर बालेन्द्र शाहले मन्त्रीलाई भेटेर आग्रह गर्नु भएको थियो ।

Shares

Be the first to comment on "दश प्रतिशत शै®या विपन्न नागरिकलाई निःशुल्क छुट्याई उपाचार गर्न निर्देशन"

Leave a comment

Your email address will not be published.


*