थुनिएको नदी खुलाइँदै

दीक्षण समाचार
चरिकोट, असार ५
तामाकाशी नदीमा मिसिने चीनको रोङ्सी नदी पहिरोले थुनिएपछि चिनियाँ टाेलीले पहिरो हटाउन थालेकाे छ । पहिरोले नदी थुनिएर ताल बनेको छ । ताल फुटेमा ठुलो परीमाणमा क्षती हुने भएपछि पानी कटाउन चिनियाँ टोली त्यहाँ पुगकाे हाे । दोलखाको विगू गाउँपालिका स्थित लप्चीको सिमानाका चिनियाँ नागरिकहरुले सामाजिक सञ्जालमा भिडियो र तस्बिर हालेपछि इलाकाका प्रहरी कार्यालय सिंगटीले यसबारे जानकारी गराएको थियाे । थुनिएको रोङ्सी नदी एकै पटक फुटेमा नेपालतर्फको तामाकोशी नदीमा पनि बाढी आउने खतरा छ । यद्यपी त्यस्तो हुन नदिन चिनियाँ पक्षले प्रयास जारी राखेको छ । तामाकोशी नदीमा बाढी आउन सक्ने भएकोले सम्भावित क्षतीबाट जोगिन जिल्ला प्रशासन कार्यालयले शुक्रबार राती एक सूचना जारी गर्दै अनुरोध गरेको थियो । यसबारे जानकारी पाएपछि तामाकोशी किनार तथा आसपासका बासिन्दा रातभरी निदाएका थिएनन् । सम्भावित क्षती कम गराउन तामाकोशी किनाराको विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसैगरी माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशय खाली गरिएको छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार जुनसुकै बेला बाढी आउने सम्भावना रहेका कारण नदी किनार आसपासका नागरिकलाई सुरक्षित स्थानमा जाने समयका लागि जलाशयको पानी छाडिएको हो । तामाकोशीमा बाढी आएमा तामाकोशीको बाँधले एक घण्टा ३० मिनेटसम्म थेग्ने र उक्त समयमा मानिसहरु सुरक्षित स्थान तर्फ जान सक्छन् ।

Shares

Be the first to comment on "थुनिएको नदी खुलाइँदै"

Leave a comment

Your email address will not be published.


*