जानुका न्यौपाने
थाइराइड के हो र कसरी बच्ने ? यस्ता हुन्छन् थाइराइडको लक्षणहरु विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर १९ करोड भन्दा धेरै मानिस आयोडिनको कमीका कारण पीडित छन् । दोलखा जिल्ला लगायत नेपालमा थाइराइड पीडितहरुको संख्या बढ्दो क्रम जारी छ । बढ्दो व्यवस्तता, भागदौडको तनावपूर्ण जिन्दगी अनि अस्वस्थ खानपानले गर्दा अहिले मानिसहरुमा विभिन्न नसर्ने रोगहरु बढ्दो क्रममा छन् । जीवनशैलीमा आएको अस्वस्थ परिवर्तनका कारण अहिले हरेक मान्छेमा केही न केही समस्या भएकै हुन्छ । कसैलाई मधुमेह, कसैलाई उच्च रक्तचाप, कसैलाई मोटोपन, कसैलाई स्ट्रोक भएको छ ।
जीवनशैलका कारण इण्डोक्राइन डिसअडंर बढीरहेको छ, यसले मधुमेह र थाइराइडको समस्या देखिन थालेको छ । थाइराइडको समस्या अहिले नेपाली समुदायमा देखिएको प्रमुख जनस्वास्थ्य समस्या मध्ये एक हो । नेपालमा हुने मृत्यू मध्ये ०.२ प्रतिशत इन्डोक्राइनमा हुने उतारचढावका कारण हुने चिकित्सक बताउँछन् । इन्डोक्राइन हुनुमा आयोडिनको कमी प्रमुख कारण मानिन्छ । नेपाल स्थायी रुपले नै आयोडिनको कमी हुने मुलुकमा पर्छ ।
थाइरायड के हो ?
थाइराइड शरीरको एक ग्रन्थी हो । हाम्रो शरीर करोडौं कोष मिलेर बनेको हुन्छ । ती कोषको विकासमा थाइराइड हर्मन अत्यावश्यक हुन्छ । थाइराइड हर्मोनविना बाँच्न नै असम्भव हुन्छ ।शरीरका कोष तथा तन्तुलाई विकास र परिपक्व बनाउने थाराइड सबै मानिसमा हुन्छ । यसकारण थाइराइड हुनु समस्या होइन । तर, थाइराइडमा आउने उतारचढाव समस्या हुन सक्छ । शरीरमा आवश्यकभन्दा बढी थाइराइड हर्मोन बढी (हाइपर), कम (हाइपो) हुनु वा थाइराइड हर्मोनको असामान्य रुपमा उत्पादन हुनु समस्या हो । मानिसका लागि अत्यावश्यक थाइराइड मानिसका लागि अत्यावश्यक थाइराइड हर्मोनको उत्पादन थाइराइड ग्रन्थीले नै गर्छ । थाइराइड ग्रन्थी हाम्रो घाँटीको बीच भागमा हुन्छ । जब थाइराइड हर्मोन उत्पादनमा उतारचढाव आउन थाल्छ, तब समस्या देखिन्छ । शरीरमा धेरै मात्रामा थाइराइड हर्मोन हुने अवस्थालाई हाइपरथाइरोडिजम् भनिन्छ ।
त्यस्तै कम मात्रामा हर्मोन उत्पादन हुनु हाइपोथाइरोइडिजम् हो । थाइराइडलाई नियन्त्रण अर्को ग्रन्थी टाउकोमा हुन्छ जसलाई ट्यिुटरी भनिन्छ । पिट्युटरीको नयन्त्रणमा रहेर थाइराइडले हर्मोन उत्पादन गर्छ । पिट्युटरीबाट आउने थाइराइड स्टिमिलेटिङ हर्मोन (टिएसएच) का कारण थाइराइड ग्रन्थीले टि–थ्री र टि–फोर नामक हर्मोन उत्पादन गर्छ । शरीरलाई आवश्यक परेमा टिएसएचका साथै टि–थ्री र टि–फोर बढी मात्रामा उत्पादन हुन्छ । शरीरलाई आवश्यक नपरेमा थाइराइड ग्रन्थीले पिट्युटरीमा नेगेटिभ फिडब्याक पठाएर टिएसएच कम उत्पादन गर्ने गराउँछ । जस अनुसार पिट्युटरीले टिएसएच कम उत्पादन गर्छ र त्यसकै कारण थाइराइड ग्रन्थीले पनि टि–थ्री र टि–फोर कम उत्पादन गर्छ ।
थाइराइड समस्या जुनसुकै उमेरमा पनि हुनसक्छ । तर, यो पुरुषको तुलनामा महिलामा धेरै हुन्छ । पुरुषको तुलनामा महिलालाई हाइपरथाइरोडिथजम् वा हाइपोथाइरोडिजम् हुने सम्भावना १० गुणा बढी हुन्छ । महिलासँगै बालबालिकामा पनि यो समस्या देखिन्छ । गर्भवती महिलामा थाइराइडको समस्या देखियो भने तत्काल चिकित्सकको सल्लाहबमोजिम अगाडि बढ्नु पर्छ । गर्भावस्थामा थाइराइडको समस्या भएमा गर्भमा रहेको बच्चा र आमा दुबैको स्वास्थ्यमा प्रतिकूल असर पर्छ । थाइराइड समस्याले गर्भावस्था र सुत्केरी भएपछि पनि बच्चाको जीवनमा असर गर्छ । गर्भावस्था भनेको विशेष अवस्था हो । बच्चाको मष्तिष्कको विकास गर्भमा रहेको पहिलो तीन महिनामा बढी हुन्छ । त्यतिबेला जति आमाले पौष्टिक आहार पाउँछिन् त्यति नै बच्चा फूर्तिलो र तेजिलो हुन्छ । थाइराइड समस्यास्यामा हर्मोनलाई सन्तुलनमा ल्याएर उपचार गर्न सकिन्छ । हाइपरथाइराडिजम्ले अन्य स्वास्थ्य समस्यालाई बढाउन सक्छ । जसकाकारण उपचारमा समस्या आउन सक्छ ।
थाइराइडका लक्षणहरु ः
खाना कम रुच्ने, शरीर मोटाउँदै जाने, बच्चाको शरीर मोटाउँदै गए पनि उमेर अनुसार उचाइ र दिमाग भने बिकास नहुने, गर्भ पतन हुने, गर्भ नबस्ने, कपाल झर्ने तथा शरीर आलस्य हुने, महिनावारी अनियमित हुने, छाला तथा फुस्रो देखिने आदि हुन्छ । यसमा पनि हाइपर (हर्मोन उत्पादन बढी) भएमा एक्कासी धेरै मात्रामा तौल घट्नु, मुटुको धड्कन तीब्र तथा अनियमित हुनु, हतास तथा चिट्चिटाहट हुनु, हातहरु काम्नु, धेरै पसिना आउनु, कपालले हाँगा हाल्नु, खस्रो देखिनु, झर्नु, मैहिनावारी नहुनु वा अल्प मात्रामा हुनु, पटक–पटक दिसा लाग्नु, सामान्य र चिसो तापक्रममा पनि बढी गर्मी हुनु, निन्द्रा नलाग्नु, श्वास लिन गाह्रो हुनु, आँखाहरु ठूला देखिनु, जोर्नीहरु दुख्नु, कमजोर अनुभव हुनु, घाँटीमा गलगाँड जस्तै बढ्नु, बच्चाहरुमा अध्ययन क्षमतामा ह्रास, बानी व्यवहारमा समस्या देखिनु, मुटुको रोग भएका प्रौढलाई छाती धेरै दुख्नु, श्वास लिन गाह्रो हुनु, मांशपेशी विशेषगरी काँध र जाँघ कमजोर हुनु हो भने । हाइपो (हर्मोन उत्पादन कम) भएमा कपाल र छाला सुख्खा हुनु, नङहरु टुट्नु, भाँचिनु, छाला पहेँलो देखिनु, अरुची भए पनि तौल बढ्नु। सुस्त हुनु, छाला चिसो हुनु, चिसो सहन नसक्नु, थकित र कमजोर हुनु, स्मरण समस्या, डिप्रेशन तथा एकाग्रतामा कमी हुनु, कब्जियत हुनु, महिनावारी अनियमित तथा धेरै हुनु, त्यसबाहेक घाँटीमा गलगाँड जस्तो बढ्नु, हातखुट्टा, पैताला, मुख तथा आँखामुनि सुन्निनु, स्वर धाद्रो तथा भासिएको जस्तो हुनु, बाउँडिनु, कालेस्ट्रोल बढ्नु, बच्चाहरुमा अरुचि, वृद्धिमा ह्रास, जण्डिस, कमजोरी तथा स्मरणशक्तिमा ह्रास हुनु, कुनै कुनै बच्चामा अस्वभाविक तौल बढ्नु तथा योवनावस्था ढिलो आउने पनि हुन्छ ।
कारण ः
टक्सिक एडेनोमास थाइराइड ग्रन्थीमा गााठा बन्छन् र थाइराइड हर्मोनलाई प्रभाव पार्न सक्छ । यसले शरीरको केमिकल सन्तुलनलाई विर्गान थाल्छ । केही भागमा यस्ता धेरै गाँठा हुन्छन् । सबएक्युट थाइरोइडाइटिस थाइराइडमा हुने जलनले ग्रन्थीबाट धेरै हर्मोन चुहावट हुन थाल्छ जसले अस्थायी रुपमा हाइपरथाइरोइडिजम् सिर्जना गर्द सक्छ । सामान्यतया यो केही हप्तामा समाप्त हुनसक्छ तर कहिलेकाहीँ महिनौंसम्म पनि भइरहन्छ । थाइराइड ग्रन्थी शल्यक्रिया गरेर हटाइएको वा केमिकल प्रयोग गरेर नष्ट गरिएको हुनसक्छ । रुघाखोकी र साइनसका औषधी, मुटुको औषधी लगायतले हाम्रो शरीरमा हुने आयोडिनमा अत्याधिक मात्रामा असर पारेको हुन सक्छ । विगतमा पनि थाइराइडको समस्या भएमा हाइपोथाइरोइडिज्मको जोखिम बढ्छ । त्यसकारण सागपात, तरकारी, फलफूल, अंगुर, केरा, उसिना चामल, आयोडिनयुक्त नुनको सेवन गर्ने । अण्डा, ओखर, बदाम खाने । नौनी, ओट्स, तिल, एबोकाडो, माछा, माछाको तेल, आलसको तेल, ओलिभको तेल सकेसम्म मिलाएर नियमित खाने ।
के नखाने ?
चिनी लगायत गुलियो पदार्थ कम खाने, भटमास, तोरीको साग, गेडा, तोरीको तेल, बजारमा पाइने जंक फूड, क्लोरिन हालिएको पानी, वियर, कफी नखाने, क्रिम, बोसोयुक्त मासु, रातो मासु, केक, तारे भुटेको खाना, चुरोट, पान, सुपारी, पान मसला, कोल्ड ड्रिक्स लगायतका खानेकुराहरु खानु हुँदैन । घरेलु उपचार कसरी गर्ने ? दैनिक सूर्य स्नान, योग ध्यान तथा अन्य शारीरिक व्यायाम गर्ने, तनाव व्यवस्थापन गर्ने, मनलाई खुशी राख्ने । मनका कुरा साथीहरुसँग आदान प्रदान गर्ने । चिन्ता नलिने । खानपान र व्यायाममा ध्यान दिने ।
थप यो पनि पढुनुहोस
Be the first to comment on "थाइराइड के हो, कसरी बच्ने ?"