नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०३४ पुगेको छ ।
नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.५६ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा थप ३३ सय ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा देशभर कुल ३३ सय ९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल एक लाख ८२ हजार ९२३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।
थप ३३ सय ९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३६ हजार ९११
नेपालमा थप ३३ सय ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा देशभर कुल ३३ सय ९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।हिलेसम्म कुल एक लाख ८२ हजार ९२३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३८ सय ४४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ४४ हजार ९७८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७९.२५ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार १४४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १४ लाख ९४ हजार १२२ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा १३०५ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३६ हजार ९११ जना रहेका छन् । त्यस्तै भेन्टिलेटरमा ७८ जना उपचार रहेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०३४ पुगेको छ ।
Be the first to comment on "थप ३० सहित मृतकको संख्या १०३४ पुग्यो"