थप १९ सय ५४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३९ हजार ६४३

काठमाडौं । नेपालमा थप १९ सय ५४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले देशभर कुल १९ सय ५४ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल एक लाख ६२ हजार ३५४ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९८१ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख २१ हजार ९२४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७५ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ६०१ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १४ लाख ९ हजार २९५ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा २ हजार ९३२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ७ हजार ७०९ रहेका छन् भने होम आइसोलेसनमा ३१ हजार ९३४ रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ७२ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २९० जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ  । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।

काठमाडौँ उपत्यकामा आज ८४३ कोरोना संक्रमित थपिए 

काठमाडौँ उपत्यकामा आज ८४३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६९६ जना, भक्तपुरमा २९ जना र ललितपुरमा ११८ जना संक्रमित भएका छन् ।

Shares

Be the first to comment on "थप १९ सय ५४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३९ हजार ६४३"

Leave a comment

Your email address will not be published.


*