चरिकोट(दीस)ः जिल्ला समन्वय समिति दोलखाको आयोजनामा चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिककको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सोमबार सो समिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघीय, प्रदेश सरकार अन्तरगतका कार्यालयहरु तथा स्थानीय तहहरुबाट सञ्चालन भएका बजेट तथा कार्यक्रमहरुको समिक्षा गरिएको जिल्ला समन्वय समिति दोलखाको समन्वय अधिकारी रामप्रसाद पोखरेलले जानकारी दिनुभयो । समिक्षा कार्यक्रममा राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, बागमती प्रदेश सभा सदस्यहरु मोनिका श्रेष्ठ,ठुला थामी तथा स्थानीय तहका प्रमुख उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति रहेको थियो
Be the first to comment on "त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न"