दीक्षण समाचार
चरिकोट, बैशाख ६
दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ६ स्थित गोपीखोलामा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको सुभारम्भ गरिएको छ । धर्म, कर्म, मोक्ष र पितृ उद्धारका निम्ति त्रिवेणीघाट सुधार समितिद्धारा आयोजित महायज्ञको सुभारम्भ गरिएको हो । महायज्ञको पहिलो दिन सोमबार कलशयात्रा गरिएको आयोजकले जनाएको छ । मंगलदेखि प्रखर कथावाचक युवा पण्डित कपिल देव भट्ट र यज्ञप्रसाद घिमिरेद्धारा कथा वाचन हुने र विविध किसिमका धार्मिक प्रवचनका साथै नृत्य तथा नाटक प्रस्तुत गरिने त्रिवेणीघाट सुधार समितिका अध्यक्ष भरत उप्रेतीले जानकारी दिए । उनले इच्छुक भक्तजनहरुले पितृ मोक्षका लागि तिल, जौ र सकेमा २१ सय बत्ति र फोटो साथमा लिएर उपस्थितिका लागि अनुरोध गरेका छन् । महायज्ञ सुभारम्भ कार्यक्रममा बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतेश्वर गाउँपालिका अध्यक्ष कुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।
Be the first to comment on "त्रिवेणीघाटमा महायज्ञ"