काठमाडौ (दीस) ः दोलखामा निर्माण भएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) पुनरावलोकन गर्ने उर्जामन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ । जिल्ला समन्वय दोलखाले काठमाडौमा गरेको दोलखाका जलविद्युत् आयोजनाहरूबाट प्राप्त अवसर, समस्या र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमको निर्णय कार्यक्रमको पत्र बुझ्दै ऊर्जा मन्त्री शक्ति बहादुर बस्नेतले पिपिए पुनरावलोकन गर्ने प्रतिबद्वता जनाउनु भएको हो । सो अन्तरक्रिया कार्यक्रममा उर्जामन्त्री आफै सहभागि हुनुहुन्थ्यो । दोलखामा स्वदेशी लगानीमा निर्माण भएको तामाकोसी जलविद्युत आयोजनाको (पिपिए) दर न्यून रहेको छ । नेपाल विद्युत् प्राधिकरणसँग पिपिए गरेका अन्य जलविद्युत् आयोजनाहरूको बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँ पाउदै आएका छन् भने माथिल्लो तामाकोसीले बर्षाको समय ३ रुपैयाँ र हिउँदमा ४ रुपैयाँ पाउदै आएको छ । सोही कारण तामाकोसी जलविद्युत आयोजनाले कम आम्दानी गर्दै आएको छ । तामाकोसी जलविद्युतले कम आम्दानी गर्दा आयोजना संञ्चालन भएको ३ बर्ष वित्दा समेत आयोजनामा लगानी शेयरकर्ता अहिलेसम्म कुनै पनि बोनस पाउन सकेको छैनन् । सोही कारण सेयरको मूल्य घट्दै गएको छ । यो जलविद्युत् आयोजनामा ८ लाख बढी सर्वसाधारणको सेयर लगानी छ । उर्जा मन्त्रीलाई बुझाइएको निर्णयहरुमा दोलखामा निर्माण भएका जलविद्युतहरुले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भए बमोजिम आयोजनाहरुले सामाजिक उत्तरदायित्वको लागि खर्च गर्नुपर्ने अन्तक्रियामा निर्णय भएको थियो । त्यसैगरी पारिस्थितिक प्रणालीलाई बचाउन खोलामा छाड्नुपर्ने १०% प्रतिशत पानी अनिवार्य रुपमा छाड्ने लगायतका प्रावधानहरुलाई कडाईकासाथ पालना गर्ने , खिम्ती –१ जलविद्युत आयोजनाको संयुक्त कम्पनी बनाउँदा दोलखा जिल्लाका स्थानीयहरुलाई अधिकत्तम शेयरको सुनिश्चितता गर्ने ,दोलखामा एकीकृत प्रशारण लाईन निर्माण गर्ने ,हाल जिल्लामा निर्माण भएका ठूला प्रशारण लाईनहरुबाट प्रभावित स्थानीय तहहरुलाई समेत रोयल्टीको व्यवस्था मिलाउने जस्ता अन्र्तक्रियामा निर्णय भएको थियो ।
तामाकोसी जलविद्युत् आयोजनाको पिपिए पुनरावलोकन गर्ने उर्जामन्त्रीद्वारा प्रतिबद्धता
Posted By: दीक्षण दैनिक २८ बैशाख २०८१, शुक्रबार १२:२०
७ मंसिर २०८१, शुक्रबार १९:३४
ePAPER 2081/08/07
७ मंसिर २०८१, शुक्रबार १३:०२
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
७ मंसिर २०८१, शुक्रबार १२:३८
अनाधिकृत घर तथा टहरा हटाउँन मेलुङ गाउँपालिकाको निर्देशन
७ मंसिर २०८१, शुक्रबार १२:५६
Be the first to comment on "तामाकोसी जलविद्युत् आयोजनाको पिपिए पुनरावलोकन गर्ने उर्जामन्त्रीद्वारा प्रतिबद्धता"