तामाकोसी गाउँपालिकामास्वास्थ्य जाँच तथा उपचार सेवा घरदैलो कार्यक्रम

बाबुराम शर्मा/चरिकोट –दोलखाको तामाकोसी गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकलाई लक्षित गरी सञ्चालन गरेको पाँच दिने स्वास्थ्य जाँच तथा उपचार सेवा घरदैलो कार्यक्रमबाट डेढ हजारभन्दा बढी उनीहरु लाभान्वित भएका छन् । बढ्रदै गएको चिसोको प्रभावले बिरामी हुन नदिन महिला ८४१ र पुरुष ७२० गरी एक हजार ५६१ जना ज्येठजनहरु यो स्वास्थ्य जाँच तथा उपचार सेवाबाट लाभान्वित भएका पालिकाका स्वास्थय संयोजक अरुण मिश्रले जानकारी दिनु भयो । उहाँका अनुसार सेवा पाउनेहरुमा ६० वर्षदेखि माथिका वडा नम्बर १ भिरकोटका २३६, वडा नम्बर २ झुलेका १९६, वडा नम्बर ३ जफेका २७२, वडा नम्बर ४ मालुका २२६, वडा नम्बर ५ सहरेका २८२, वडा नम्बर ६ च्यामाका २१६ र वडा नम्बर ७ हावाका १३३ जना रहेका छन् । उनीहरुको प्रेसर, सुगर परीक्षण गरिनुका साथै ज्यरो,रुघा खोकीलगायतका आवश्यक औषधि समेत प्रदान गरिएको पालिकाका स्वास्थय संयोजक मिश्रले जानकारी दिनु भयो । दुई÷दुई जनाको स्वास्थ्य प्राविधिक टोली प्रत्येक वडामा दुई टोली परिचालन गरिएको पनि उहाँले बताउनु भयो ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकामास्वास्थ्य जाँच तथा उपचार सेवा घरदैलो कार्यक्रम"

Leave a comment

Your email address will not be published.


*