तामाकोसी गाउँपालिकाको केन्द्र मालुमा

जफे–तामाकोसी गाउँपालिकाको स्थायी केन्द्र मालुको गोल्मेश्वरडाँडा भएको छ । तामाकोसी गाउँपालिकाको स्थानीय तहको निर्वाचन भएको एक वर्षपछि गाउँपालिका केन्द्र टुङ्गो लगाएको हो ।
गाउँपालिकाका प्रवक्ता होमबहादुर श्रेष्ठद्वारा मंगलबार हस्ताक्षरित प्रेस विज्ञप्तीमा यसको जानकारी दिएको हो । गाउँपालिकाको आइतबारको गाउँ सभाको बैठकले २ तिहाइ बहुमत सहित केन्द्रको बारेमा टुङ्गो लगाएको उनले जानकारी दिए ।
गाउँपालिकाको केन्द्रको टुङ्गो लगाउनका लागि वडा नं. २ का वडा अध्यक्ष हर्कबहादुर योञ्जनको संयोजकत्वमा एक समिति गठन गरेको थियो । समितिले गाउँपालिका भित्र दुरीको हिसावले सबैलाई पहुँच पुग्ने र व्यक्तिगत निशुल्क जग्गा दान गर्ने र सार्वजनिक जग्गाको समेत व्यवस्था हुने प्रतिवेदन गाउँ सभा समक्ष पेश गरेको थियो ।
तामाकोसी गाउँपालिकामा केन्द्रको विषयमा लामो समयदेखि छलफल भएको थियो । केन्द्र जफे र मालु कहाँ राख्ने भन्नेमा छलफल चलेको थियो । एक वर्षदेखि गाउँपालिकाको अस्थायी केन्द्र जफेको जामुनेबाट सञ्चालन हुँदै आएको छ । गाउँपालिकाको आगामी दिनमा बैठकहरु मालुको गोल्मेश्वरमै हुने समेत विज्ञप्तीमा उल्लेख छ ।

Shares

Be the first to comment on "तामाकोसी गाउँपालिकाको केन्द्र मालुमा"

Leave a comment

Your email address will not be published.


*