“तामाकोसी गाउँपालिकाको क्रोनिक रोग उधारो सडक र निजी स्रोतका शिक्षक”–पोखरेल

शेरबहादुर भुजेल
विगतमा उधारो राखेर खनिएका सडक र विद्यालयहरुले निजी स्रोतमा नियुक्त गरेका शिक्षकहरु तामाकोसी गाउँपालिकाका लागि क्रोनिक रोग झै भएको गाउँपालिका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले बताएका छन ।
जथाभावी रुपमा मापदण्ड विपरित उधारोमा खनिएका सडकका लागि भुक्तानी र गर्न र निजी स्रोतमा कार्यरत शिक्षकका लाग तलव भक्त व्यवस्थापन गर्न गाउँपालिका लाई निक्कै सास्ती भएको आईतबार तामाकोसी गाउँपालिकाले आयोजना गरेको सावजनिक सुनुवाई कार्यक्रममा सर्वसाधारणका गुनासोलाई सम्बोधनमा पोखरलले उक्त क्रोनिक रोग ठिक पार्न आफु लागि परेको बताए ।
रेडियो शैलुड सामुदायिक एफएम सँंगको सहकार्यमा आयोजित सार्वजनिक सनुवाईमा पोखरेलले चालु आर्थिक बर्षका लागि गाउँपालिकाले ३९ करोड २५ लाख, ९० रुपैयाँ विनियोजन गरेको जानकारी दिए । सो अवसरमा पोखरेलले आगमी बर्षबाट गाउँपालिकाको सबै टोलमा सडक पुर्याउँने, आउँदो शैक्षिक सत्रबाट गाउँ पालिका भरीका विद्यालयमा एकै किसिमको विद्यालय पोषाकको व्यवस्था गर्ने बताए । सार्वजनिक सुनुवाईमा पोखरेलले गाउँ पालिकाको केन्द्रमा बैंकको व्यवस्था गर्ने, लक्षित समुदायका लागि फाइदा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए । गाउँपालिकाले कुनै पनि करको बृद्धि नगरेको भन्दै ३५ दिन भित्र गरिने व्यक्तिगत घटना दर्ता नियम अनुसार निःशुल्क हुने बताए । गत आर्थिक बर्ष गाउँपालिकाको केन्द्र सम्वन्धि विवाद्ले गर्दा कृषि र युवा लक्षित बजेट खर्च हुन नसकेको हुदा उक्त बजेटलाई रकमान्तर गरी अन्यत्र खर्च गरिएको बताए । ४० वटा लोकल कुँुखुरा पाल्ने परिवारलाई १० हजार रुपैयाँ र तिन वटा बँगुर पाल्ने परिवारलाई तीन हजार रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउने जानकारी दिए । यसैगरी एक लिटर दुध विक्रि गर्ने परिवारलाई प्रतिलिटर एक रुपैयाँ गाउँपालिकाले उपलब्ध गराउँने बताए । सो अवसरमा अध्यक्ष पोखरेलले गाउँपालिका कृषि प्राविधिकको अभाव भएकाले किसानहरुले फाइदा पाउन नसकेको  र समस्या समाधानका लागि गाउँपालिका लागिपरेको बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उर्मीला फुयाँल के.सी.ले महिला लक्षित कार्यक्रमलाई प्राथामिकता दिएर सञ्चालन गर्ने बताइन । कार्यक्रममा गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेश कट्टेलले गाउँपालिका द्धारा सञ्चालित कार्यक्रमलाई प्रभावकारी बनाई पारदर्शिता र जवाफदेहिता बढाउँनको लागि हरेक चौमासिकमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने बताए । सो अवसरमा उनले गाउँपालिकाले सार्वजनिक सनुवाई कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा गाउँपालिका वडा अध्यक्षहरुले आ—आफ्नो वडा तहमा सञ्चालित कार्यक्रमको बारेमा सरोकारवालालाई जानकारी गराएका थिए । सार्वजनिक सुनवाई कार्यक्रममा नेपाली कांग्रेस दोलखाका जिल्ला कार्य समिति सदस्य एवं तामाकोसी गाउँपालिका संयोजक कुमार भुजेल, पूर्व एमालेका प्रतिनिधि पर्शुराम काफ्ले, पूर्व माओवादी केन्द्रको प्रतिनिधि शम्भु फुँयाल, वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद काफ्ले लगाएतले गाउँपालिकाको गतिविधिको बारेमा आफ्ना सुझाब तथा जिज्ञासा राखेका थिए ।
सार्वजनिक सनुवाई कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र संघ संस्था प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "“तामाकोसी गाउँपालिकाको क्रोनिक रोग उधारो सडक र निजी स्रोतका शिक्षक”–पोखरेल"

Leave a comment

Your email address will not be published.


*