तामाकोसी आयोजनाद्वारा उत्तरी क्षेत्रलाई ४ करोडको एम्बुलेन्स सहयोग

चरिकोट । दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको तामाकोसी जलविद्युत आयोजनाले विगु गाउँपालिकालाई करिब ४ करोड मुल्यको एम्बुलेन्स सहयोग गरेको छ । विगु गाउँपालिका वडा नम्बर १ लामाबगरमा निर्माणाधीन आयोजनाले आयोजना प्रभावित क्षेत्रका जनताको सुविधाको लागि बा २ झ ४५३८ नम्बरको सुविधायुक्त एम्बुलेन्स सहयोग गरेको हो । आइतबार आयोजनाको मुख्य कार्यलय गोंगरमा एक कार्यक्रम गरि नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्कालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेको आयोजनाका प्रबक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।
उहाँले दोलखाका उत्तरी क्षेत्र कालिञ्चोक, विगु र गौरीशंकर गाउँपालिका जनताले सहज ढङ्गले अस्पतालसम्म पुगरे उपचार गर्न पाउन भन्ने उद्देश्यले एम्बुलेन्स सहयोग गरेको बताए । एम्बुलेन्समा प्राथमिक उपचारका सामाग्री, एक विरामी शैया, नर्स र विरामी कुरुवका लागि एउटा–एउटा सिट रहेको छ । एम्बुलेन्स एक प्रतिशत भन्सारमा ल्याइएको हो । ल्याण्ड क्रुजर भिएट नामको यो गाडीको भन्सार सहित नेपाली बजार मुल्य ४ करोड ८ लाख मुल्य पर्ने प्रबक्ता डाक्टर न्यौपानेले जानकारी दिए । त्यसैगरी विगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले एम्बुलेन्स विगु गाउँपालिकाको जनताले मात्रै नभएर सबै दोलखालीले दुख बिमार पर्दा उपयोग गर्न पाउने बताए । त्यसको लागि हाल चलनचल्तीमा रहेको शुल्क बुझाउनुपर्ने बताए । प्रतिनिधि सभा सांसद जिपछिरिङ शेर्पाको सहयोगमा संचालनमा रहेको एम्बुलेन्सले सिंगटीदेखि चरिकोटसम्म तीन हजार पाँच सय र काठमाडौंसम्म आठ हजार लिने गरिएको छ ।एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख डवल पाण्डे, आयोजना प्रमुख विज्ञान प्रसाद श्रेष्ठ, उपप्रवन्धक विमल गुरुङ, जिसस प्रबक्ता मुरारीराजशिवाकोटी लगाएतको उपस्थिति थियो ।

Shares

Be the first to comment on "तामाकोसी आयोजनाद्वारा उत्तरी क्षेत्रलाई ४ करोडको एम्बुलेन्स सहयोग"

Leave a comment

Your email address will not be published.


*