तामाकोसीले सुरु ग¥यो भिडियो एक्सेरे सेवा

चरिकोट(दीस) –दोलखाको तामाकोशी गाउँपालिकाले भिडियो एक्सरे अल्ट्रासाउण्ड सहितको प्रसुित सेवा सुरु गरेको छ। गाउँपालिकाले आफ्नै स्रोतसाधनमा वडा नम्बर ३ जफे र वडा नम्बर ५ शहरेमा यो सेवा सुरु गरेको हो। पालिकाले तालिम प्राप्त जनशक्तिको परिचालन गरी गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्सरेका साथै आवश्यक ल्याब जाँच गरी बच्चा तथा आमाको अवस्था जाँच गर्ने सुविधाको सुरुवात गरेको तामाकोसी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिए । यो सुविधा उपलब्ध हुने भएपछि गर्भवती महिलाहरुले महङ्गो खर्चमा भिडियो एक्सरेका लागि चरिकोट र काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य भएको संयोजक मिश्रले जनाए।हाललाई यो सेवा जफे स्वास्थ चौकि सहरे स्वास्थ चौकिमा उपलब्ध हुने भएकाले पालिकाका सम्पूर्ण गर्भवती महिलाहरुलाइ निशुल्क सेवा पालिकाबाट नै लिन समेत गाउँपालिकाले सम्बन्धित सबैलाई अनुरोध गरेको छ । अर्को महिनाबाट बाँकी वडामा समेत बिस्तार गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

 

Shares

Be the first to comment on "तामाकोसीले सुरु ग¥यो भिडियो एक्सेरे सेवा"

Leave a comment

Your email address will not be published.


*