चरिकोट(दीस)ः तामाकोशी गाउँपालिकामा श्रमधान कल सेन्टरको स्थापना गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशन अनुसार कल सेन्टर स्थापना गरिएको हो ।
श्रम रोजगारीसँग सम्बन्धित गुनासो सम्बोधन गर्न,उजुरी ब्यवस्थापन एवं श्रमसँग सम्बन्धित जिज्ञासा सम्बोधन गर्न श्रमधान कल सेन्टरको स्थापना गरिएको तामाकोशी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद निरौलाले जानकारी दिनुभयो । श्रमसँग सम्बन्धित कुनै गुनासो उजुरी वा सुझाव भए सिधै कल सेन्टरमा फोन गर्न सकिने उहाँको भनाई रहेको छ ।
Be the first to comment on "तामाकोसीमा श्रमाधान कलसेन्टर स्थापना"