तामाकोशी गाउँपालिकाले सुगर र प्रेसर रोगीलाई औषधी निशुल्क दिने

चरिकोट (दीस) –दोलखाको तामाकोशी गाउँपालिकाले पालिकाका भित्रका सुगर र प्रेसर रोगीलाई औषधी निशुल्क दिने भएको छ । नियमित औषधी सेवन गर्नु पर्ने यी रोगको औषधी निशुल्क दिने निर्णय छैठौं गाउँसभाले गरेको हो । ग वर्गका विकलांगहरुलाई मासिक एक हजार रुपैँया भत्ता दिने पालिकाका अध्यक्ष ईस्वरचन्द्र पोखरेलले बताए । “ मेरो घर सफा घर “ नारालाई सफल बनाउन पालिकाका ६३ जनालाई सफा घर मुल्यांङकन गरि सम्मान पत्र दिने निर्णय गरेको उनले बताए । सफा घर राख्नेले ३ हजार रुपैँया पुरस्कार दिने निर्णय भएको पनि पोखरेलले बताए ।

Shares