तामाकोशी गाउँपालिकामा जोगाइदैँ रैथाने बीउ र बाली

ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २२
दोलखाको तामाकोशी गाउँपालिकाले लोपन्मुख परम्परागत रैथाने अन्नबालीको संरक्षण गर्ने उद्धेश्यले ’रैथाने बीउ अनुदान कार्यक्रम‘ सञ्चालन गर्ने भएको छ । हाइब्रीड बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपन्मुख हुन थालेकोले रैथाने बालीको प्रयोगमा बृद्धिका लागि रैथाने सो कार्यक्रम सञ्चालन गर्न लागिएको पालिकाले जनाएको छ । गाउँपालिकाका कृषि अधिकृत बिदुरप्रसाद तिमल्सेनाले कोदो, फापर, चिनो, उवा, जौ, लट्टे, पोखरेली धान, सुन्तला जातको सखरखण्ड लगायतका अन्नबाली लोप हुन थालेका छन् । यी यस्ता अन्नबाली उत्पादन गर्न चाहनेहरुले खोजेपनि बीउ नपाउने अवस्था भएको छ । तर कार्यक्रमको कार्यान्वयनपछि रैथाने बालीको बीउ सजिलै पाउन सकिने उहाँले बताउनुभयो । गाउँपालिकाको चालु आवको २०७८÷०७९ मा कृषि विकास शाखाको कार्यक्रम अन्तर्गत ५०% लागत साझेदारीमा रैथाने विउबिजन अनुदान कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो कार्यक्रममा कृषक कृषक समूह कृषि सहकारी कृषि फर्महरुले आवेदन दिएर पालिकाको छनौटमा परेपछि पाँच रोपनी जमिनमा रैथानेबालीको बिउबिजन उत्पादन तथा प्रवर्धन गरी आगामी दिनमा स्थानीय स्तरमै बिउबिजन उपलब्ध गराउनु पर्ने छ । सो कार्यक्रम सञ्चालनको लागि सात लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आवेदन दिएकाहरुबाट छनौटमा परेकाहरुले २ लाख बराबरको कार्ययोजना बनाई बीउ उत्पादन गर्न थालेपछि गाउँपालिकाले १ लाख रुपैयाँ अनुदान दिने छ । कार्यत्रममा आवेदन दिन चाहनेले आवश्यक कागजात सहित गाउँपालिकामा सम्पर्क गर्न सक्ने कृषि अधिकृत बिदुर प्रसाद तिमल्सेनाले बताउनुभयो । उन्नत जातको बीउ प्रयोगबाट अन्नबाली उत्पादन हुन थालेपछि केही दशक अघिसम्म चलनचल्ती रहेका अन्नबाली तथा बीउ हराउने अवस्थामा पुगेको छ । किसानले यसप्रति चासो नदिँदा यस्तो परिस्थिति आएको हो । अब भने तामाकोशी गाउँपालिकाले नै स्वादिष्ट र पोषिलो हुने रैथाने बालीको बीउ संरक्षण र प्रवद्र्धनमा काम गर्न लागेको उहाँले बताउनुभयो ।

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकामा जोगाइदैँ रैथाने बीउ र बाली"

Leave a comment

Your email address will not be published.


*