तामाकोशी गाउँपालिकामा औपचारिक कार्यक्रममा खादा र ब्याज प्रयोग गर्न नपाइने

चरिकोट(दीस) ः तामाकोशी गाउँपालिका भित्र औपचारिक कार्यक्रमहरुमा खादा तथा ब्याज प्रयोग गर्न नपाइने भएको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार खादा र ब्याजको प्रयोग गर्न नपाइने भएको हो ।
स्थानीय स्तरमा उत्पादन हुने फूल र कृषिजन्य वस्तुको प्रयोग बढाउन गाउँ कार्यपालिकाले सो निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत कुशबहादुर जिरेलले बताउनु भयो । गाउँपालिका क्षेत्र भित्र गाउँपालिका वा अन्य संघसंस्था तथा निकायहरुलाई खादा तथा ब्याज प्रयोग नगर्न आग्रह गरिएको उहाँको भनाई छ ।

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकामा औपचारिक कार्यक्रममा खादा र ब्याज प्रयोग गर्न नपाइने"

Leave a comment

Your email address will not be published.


*