तामाकोशी गाउँपालिकाको गाडी र डिजिटल बोर्डमा तोडफोड

दीक्षण समाचार

चरिकोट, कार्तिक ३०

दोलखाको तामाकोशी गाउँपालिकाको गाडी र डिजिटल बोर्डमा गएराति तोडफोड भएको छ । पालिकाको कार्यालयमा जडित डिजिटल बोर्ड र परिसरमा रोकी राखेको उपाध्यक्ष सृजना खड्का सुवेदी चड्ने गाडीमा अज्ञात समूहले तोडफोड गरी क्षति पुर्याएको हो । उपाध्यक्ष चढ्ने प्रदेश ३–०१००२ झ ४९२६ नम्बरको स्कारपियो गाडीको सिसा र डिजिटल बोर्डमा तोडफोड भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले जानकारी दिनुभयो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक गंगा पौडेलले घटनाको अनुसन्धान सुरु गरिएको बताउनु भयो।

Shares

Be the first to comment on "तामाकोशी गाउँपालिकाको गाडी र डिजिटल बोर्डमा तोडफोड"

Leave a comment

Your email address will not be published.


*