चरिकोट(दीस)ः तामाकोशी गाउँपालिकाको केन्द्र माने डाँडा तोकिएको छ । मंगलवार सम्पन्न गाउँसभाले दुई तिहाई मतले मानेडाँडालाई पालिका केन्द्र तोकेको हो । बुधवारबाट सुरु भएको गाउँ सभाले विभिन्न प्रस्ताब मध्ये वडा नं ३ को जफे मानेडाँडालाई दुईतिहाई बहुमतले अनुमोदन गरेको तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सीले बताउनु भयो । मानेडाँडालाई केन्द्र तोकियोस भन्ने प्रस्ताव वडा नम्बर तीनका वडाध्यक्ष रामप्रसाद काफ्लेले राख्नु भएको थियो । कुल ३८ मत खसेकोमा उहाँको प्रस्तावको पक्षमा २९, हुन्न भन्नेमा ५ , बदर २, खाली २ मत परेको थियो । जुन कुल गाउँसभा सदस्य संख्याको दुईतिहाई भन्दा पनि बढी हो । तामाकोशी गाउँपालिकाले केन्द्र तोकेसँगै दोलखाका सबै स्थानीय तहको स्थाई केन्द्र निश्चित भएकोछ ।
तामाकोशी गाउँपालिकाको केन्द्र मानेडाँडा तोकियो
Posted By: दीक्षण दैनिक २५ पुष २०८०, बुधबार १८:२२
१९ मंसिर २०८१, बुधबार १०:२१
डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित
१९ मंसिर २०८१, बुधबार १०:२८
नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने
१९ मंसिर २०८१, बुधबार १०:३५
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
१९ मंसिर २०८१, बुधबार १०:१६
छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
१९ मंसिर २०८१, बुधबार १०:३१
‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित
१९ मंसिर २०८१, बुधबार २१:२७
२०८१ मंसिर १९गतेको Epaper पढ्नु होस (क्लिक गर्नुहोस्)
१९ मंसिर २०८१, बुधबार १०:२३
Be the first to comment on "तामाकोशी गाउँपालिकाको केन्द्र मानेडाँडा तोकियो"