तामाकोशीमा फेला प¥यो बेवारिसे अबस्थामा एक युबकको शब

चरिकोट,१४ फागुन । बेवारिसे अबस्थामा एक युबकको शब तामाकोशी नदि किनारमा फेला परेको छ । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ७ ज्यामिरे भन्ने गाउँ नजिकै तामाकोशी नदि किनारमा अन्दाजी ३५ देखि ४० बर्षको मानिसको बेवारिसे शब फेला परेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । स्थानियले मृत अबस्थामा नदिको किनारमा मानिस देखेर प्रहरीलाई खबर गरेपछि शब प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा ल्याईएको छ । शबको सनाखत हुन नसक्दा दोलखाका नागरिक समक्ष प्रहरीले कोहि हराएको वा बेपत्ता भएको भए शब हेर्न आउन आब्हान समेत गरेको छ । मृत मानिस ५फिट ४ ईन्च उचाई भएको मंगोलियन जाति जस्तो देखिने पनि प्रहरी बताएको छ ।

Shares

Be the first to comment on "तामाकोशीमा फेला प¥यो बेवारिसे अबस्थामा एक युबकको शब"

Leave a comment

Your email address will not be published.


*