तामाकोशीमा पौडी खेल्दा एक किशोरको ज्यान गयो

चरिकोट– दोलखाको तामाकोसी नदीमा डुवेर वुधबार एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा शैलुङ गाउँपालिका वडा नम्बर८ चित्रे घर बा ४ ख २९७ नम्बरको मिनी ट्रकमा सहचालक १४ वर्षको प्रकाश तामाङको खोलामा नुहाउने क्रममा स्काभेटरले बालुवा निकालेको खाल्डोमा डुबेर मृत्युु भएको हो।
बैत्यश्वर गाउँपालिका वडा नम्बर – ६ स्थित ठुलोबगरमा बालुवा लिन जाने क्रममा सो घट्ना भएको गाडीको चालक दिनेश तामाङले जानकारी दिए । “वालुवा निकालेर लानको लागि गाडी बगरमै राखेका थियौँ ।” उनले भने, “गर्मी भो भन्दै प्रकाश भाइ नुहाउन खोलाको डिलमा बसेको थियो, म गाडीमा एकछिन बसेर बाहिर हेर्दा मान्छे देखिन।” सबैलाई खबर गरेर दहमा खोजी गर्दा लास भेटेको चालक तामाङले जानकारी दिए। शव पोष्ट्रमार्टम चरिकोट ल्याइउको प्रहरी बताउको छ । २०६८ साल कार्तिकमा पनि चरिकोटका एक युवकले सोही स्थानमा स्काभेटरले बालुवा झिक्दा बनेको पोखरीमा ज्यान गुमाउनु परेको थियो।

Shares

Be the first to comment on "तामाकोशीमा पौडी खेल्दा एक किशोरको ज्यान गयो"

Leave a comment

Your email address will not be published.


*