तामाकोशीको बजेट ६२ कराेड : प्राथमिकतामा कृषि र सडक पुर्वाधार

ईश्वर बिश्वकर्मा
चरिकोट, असार ११
दोलखाको तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि तथा सडक पुर्वाधारलाई प्राथमिकता दिई बजेट वक्तव्य प्रस्तुत गरेको छ ।
बुधबार सातौं गाउँ सभामा पालिकाकी उपाध्यक्ष उर्मिला खड्का (केसी) ले ६२ करोड ५३ लाख २८ हजार रुपैयाँ बराबरको बजेट वक्तव्य प्रस्तुत गरेकी हुन् ।
पालिकाले कृषि सिंचाइ तथा पशुपन्छी विषेश प्राथमिकताका राखि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । पालिकाले कोरोना भाइरसको कारण फर्किएका मानिसहरूलाई कृषिमा आकर्षण बढाउन विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेको उपाध्यक्ष खड्का (केसी) ले बताइन् । कृषि क्षेत्रलाई व्यवासायिककरण, आधुनिक र प्रविधिमत्री बनाउने विषेश नितीका साथ कार्यक्रम बनाइएको उनले बताइन् । सडक यातयात तथा पुर्वाधार विकास तर्फ ५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ ।
शिक्षा तर्फ २ करोड ४० लाख, स्वास्थ्य सरसफाई तथा खानेपानीका लागी ३ करोड ६० लाख ५३ हजार, युवा तथा खेलकुद तर्फ १ करोड ७५ लाख, कला साहित्य संस्कृति पर्यटन तर्फ ३० लाख, सामाजिक सेवा तथा समावेशी प्रर्वद्धक तर्फ २ करोड ४५ लाख, जोखीम तथा प्रकोप व्यवस्थापन ५० लाख, सुचना प्रविधि तथा सञ्चार तर्फ ८५ लाख बजेट विनियोजन गरेको छ ।
वन वातावरण तथा भु संरक्षण तर्फ ७० लाख, उद्योगका लागी १५ लाख, उर्जाका लागी ३५ लाख, आर्थिक तथा सामाजिक विकासका लागी २० लाख, राजश्व संकलन तथा परिचालन तर्फ ५० लाख, सहकारी संरक्षणका लागी ४० लाख, कानुन तथा न्याय सम्पादनका लागी २० लाख बजेट विनियोजन गरिएको छ ।

Shares

Be the first to comment on "तामाकोशीको बजेट ६२ कराेड : प्राथमिकतामा कृषि र सडक पुर्वाधार"

Leave a comment

Your email address will not be published.


*