ताकोशीको सेयर आज बाँडफाँड हुँदै

चरिकोट–आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) बिक्री गरेको ४ महिनापछि माथिल्लो ताकोशीको जलविद्युत आयोजनाले आज सेयर बाँडफाँड गर्ने भएको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले ४ महिनापछि आज ३ बजे बाँडफाँड गर्ने तामाकोशी आयोजनाले जनाएको छ ।
दोलखावासीलाई न्यूनतम ३४ देखि १०२ कित्ता सम्म शेयर पर्न सक्ने अनुमान गरिएको छ । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निश्कासन गरिएकोमा करिव २ लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए । आयोजना प्रभावित क्षेत्रका आधारमा आज बाँडफाँड हुने शेयरमा क वर्गको क्षेत्रका आवेदनकर्ताले कम्तिमा १ सय २ कित्ता, ख वर्गकाले ४८ कित्ता र ग वर्गकाले न्यूनतम ३४ कित्ता पाउने सम्भावना रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । आवेदकको बाँकी रकम अबको ५ दिनभित्र आवेदन भरेको खाता मार्फतनै फिर्ता हुने उनले बताए ।


माथिल्लो तामाकोशी आयोजनाले गत साउन १४ देखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो । पहिलो चरणको समय अवधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप ५ दिन थपेर भदौ २१ गतेसम्म शेयर आवेदन भर्ने व्यवस्था मिलाईएको थियो । शेयर आवेदन गरेका मध्ये १० जनाले दुई स्थानवाट आवेदन दिएको पाईएको र उनीहरुको आवेदन रद्ध हुने प्रवक्ता न्यौपानेले बताए ।
कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि साउन १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको थियो । सर्वसाधारणलाई बिक्री गर्ने कुल २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता स्थानीयलाई बिक्री गरिएको थियो ।

Shares

Be the first to comment on "ताकोशीको सेयर आज बाँडफाँड हुँदै"

Leave a comment

Your email address will not be published.


*