तरुण दलले आज स्थानीय तह घेराउ गर्ने

चरिकोट–स्थानीय तहको निर्वाचन भएर एक वर्ष बितिसक्दा पनि जनप्रतिनिधिहरुले उल्लेखनीय काम गर्न नसकेको भन्दै नेपाल तरुण दलले सोमबार दोलखाका सबै स्थानीय तह घेराउ गर्ने भएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन समेत रहेको तरुणदल दोलखाले संघियता कार्यन्वयन भएर गाउँ गाउँमा सिंहदरबार आउने भनिएपनि सिंह मात्रै गाउँ आएको र दरबार नआएका कारण नागरिकले थप सास्ती ब्यहोर्नुपरेको भन्दै स्थानीय तहका काम कार्बाही विरुद्ध १ घण्टे धर्ना सहितको घेराउ गर्ने भएको हो । तरुण दलले आइतबार दोलखा सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरि स्थानीय तहहरुलाई शुसासन कायम गराई भरपर्दो सेवा प्रवाह गराउने उद्येश्यले उक्त कार्यक्रम गर्न लागिएको जनाएको छ ।
तरुण दल दोलखाका उपसचिब समेत रहेका नेता विकास खड्काले स्थानीय तहको काम कार्बाही नागरिक मैत्री नरहेकाले पहिलो चरणमा जनप्रतिनिधिहरुलाई सचेत गराउन १ घण्टे धर्ना सहितको कार्यलय घेराउ र ज्ञापन पत्र बुझाउने प्रतिक्रिया दिए । उनले जिल्लाका ९ वटै स्थानीय तहमा तरुण दल दोलखाका पदाधिकारीहरुको संयोजकत्वमा आवश्यक टोली परिचालन गरिएको बताएका छन् । उनले एक स्थानीय तहमा कम्तिमा २ सय सम्म तरुण युथ परिचालन गरिएको प्रतिक्रिया दिए ।
राष्ट्रिय महतवका आयोजनाहरु लामोसाँघु चरिकोट सडक, मुडे मेलुङ सडक र केही जलविद्युत आयोजनाहरुलाई व्यवस्थापन गर्नुको साटो उल्टै दोहन गरेको एक वर्षसम्म जिल्लाको विकास निर्माण अस्त ब्यस्त भएको, जनप्रतिनिधि आफैं हेबि इक्यिुपमेन्ट प्रयोग गरेर प्राकृतिक स्रोतको दोहनमा लागेको तोकिएको समयअवधिसम्म उल्लेखित विकास बजेट खर्च गर्न नसकेको, ऐन कानुन विपरित ब्यक्तिगत स्वार्थमा स्थानीय तह सञ्चालन गरेको लगाएतका दर्जनौ आरोप तरुण दलले स्थानीय जनप्रतिनिधिहरुलाई लगाएको छ । तरुण दल दोलखाका अध्यक्ष दावासांगे शेर्पाले जनप्रतिनिधिहरुलाई सच्चिनका निम्ति यो पहिलो अभियान भएको बताएका छन् । उनले समृद्ध समाज निर्माणका निमित्त आफुहरुले नागरिकको आवाज बुलन्ध गर्न खोजेको भन्दै सबै सचेत नागरिकहरुलाई यो अभियानमा सघाउन आग्रह गरेका छन् ।
को कसको नेतृत्वमा हुदैछ घेराउ सहितको धर्ना
तरुण दलले स्थानीय तहहरुमा घेराउ सहितको धर्ना र ज्ञापन पत्र बुझाउने कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारीहरुनै परिचालन गरेको छ । जिल्ला अध्यक्ष शेर्पाका अनुसार भिमेश्वर नगरपालिकामा अध्यक्ष आफैं खटिएका छन् भने नगरभरिका सबै तरुण कार्यकर्ताहरु उनको टोलीमा सहभागी हुनेछन् । त्यस्तै उपाध्यक्ष चित्र कुमार तामाङ तामाकोसी गाउँपालिकामा खटिएका छन् भने अर्का उपाध्यक्ष गणेशविक्रम शाही शैलुङ गाउँपालिकामा खटिएका छन् ।
उपाध्यक्ष विदुर कार्कीले विगुको नेतृत्व गर्दै छन् , त्यसैगरी उपसचिब विकास खड्कालाई कालिञ्चोक गाउँपालिकामा खटाइएको तरुण दलले जनाएको छ । त्यस्तै सचिब देबेन्द्र अर्यालले जिरी नगरपालिकाको नेर्तत्व गर्ने छन भने अर्का सचिब चित्र व्रसाद दाहाललाई मेलुङ खटाइएको छ भने क्षेत्रीय सभापति ङावा शेर्पा गौरीशंकर गाउँपालिका र नेता प्रेम ढुंगेल बैत्यश्वर गाउँपालिकामा खटिएको जिल्ला अध्यक्ष शेर्पाले जानकारी दिए ।

Shares

Be the first to comment on "तरुण दलले आज स्थानीय तह घेराउ गर्ने"

Leave a comment

Your email address will not be published.


*