तत्कालीन दोलखाका सिडिओ रिजाल विरुद्ध ५ मुद्दा

चरिकोट (दीस) –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखामा घुस काण्ड लागेका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ मुद्दा दायर गरेको छ । आयोगले सोमबार रिजालविरुद्ध ५ वटा मुद्धा दायर गरेको हो । रिजालविरुद्ध ४ वटा घुस लिएको र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा मुद्धा दायर भएको छ ।

यसअघि एक अभियुक्तसँग धरौटीमा रिहा गर्न घुस मागेको आरोप लागेपछि रिजाल निलम्बनमा परेका थिए । अख्तियारले उनलाई फरक–फरक सेवाग्राहीसँग पटक–पटक ५० हजार, ९० हजार, ३५ हजार र ४ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । त्यस्तै अनुगमनका नाममा ७७ हजार ६ सय भ्रमण भत्ता समेत लिएको आरोप रिजालमाथि लागेको छ ।नेपाल सरकार उपसचिब रहेका रिजाल हालअवस्था अवथ रहेका छन् ।

Shares

Be the first to comment on "तत्कालीन दोलखाका सिडिओ रिजाल विरुद्ध ५ मुद्दा"

Leave a comment

Your email address will not be published.


*